तीन लघुवित्त समान हैसियतामा मर्जरमा जाने

0
Shares

एनआरएन, किसान लघुवित्त र दिब्य लघुवित्त समान हैसियतमा मर्जरमा जाने भएका छन्। उनीहरु एक बराबर एक स्वाप रेसियो अनुपातमा मर्जरमा जाने भएका हुन्।

यहि प्रस्ताव पारित गर्न दिब्य लघुवित्तले चैत १७ गते अपराह्न ३ बजे अमृत भोग डिल्लिबजार काठमाण्डौंमा विशेष साधारण सभा आह्वान गरेको छ। लघुवित्तको फागुन २० गते सम्पन्न ३१ औं सञ्चालक समितिको बैठकले सो दिन साधारण सभा आह्वान गरेको हो।

कम्पनीले विशेष साधारण सभा मार्फत एनआरएन लघुवित्त वित्तीय संस्था र किसान लघुवित्तसँग गाभ्ने गाभिने सम्बन्धी प्रस्ताव अनुमोदन गराउँदैछ।

यसैगरि सभाले तीनवटै लघुवित्तबीच एक आपसमा गाभ्ने गाभिने सम्बन्धमा सम्पन्न समझदारीपत्र अनुमोदन गर्ने, सम्पत्ति तथा दायित्व मूल्याङ्कन प्रतिवेदन, सो सम्बन्धमा गठित कमिटी, संयुक्त मर्जर कमिटि र सञ्चालक समितिले गरेका निर्णय अनुमोदन गर्ने एजेण्डा रहेको छ।

यस्तै मर्जर सम्बन्धमा भएका खर्च लगायतका सम्पूर्ण काम कारवाही अनुमोदन गर्ने, संयुक्त मर्जर कमिटीबाट नियुक्त डिडिए मूल्याङ्कनकर्ता (चार्टर्ड एकाउण्टटेन्ट) को नियुक्ति र पारिश्रमिक अनुमोदन गर्ने सम्बन्धी प्रस्ताव पारित गर्नेछ।

विशेष साधारण सभाले गाभिने प्रकृया पूरा भएपश्चात संस्थाको कार्यत्रक्षेत्रको सम्बन्धमा तथा अन्य आवश्यक संसोधन तथा परिमार्जन आवश्यक भएमा सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतको रहेको छ।

प्रकाशित मिति: २ चैत २०७६, आइतबार  १० : ०८ बजे