शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा

0
Shares

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक (SHINE) ले गत आवको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

बैंक सञ्चालक समितिको चैत १ गते सम्पन्न २१४ औं बैठकले आव २०७५/७६ को मुनाफाबाट चुक्ता पूँजी २ अर्ब ६२ करोड २९ लाख ४ हजार १२३ रुपैयाँको १५ प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो। यसअनुसार बैंकले ३९ करोड ३४ लाख ३५ हजार ६१८ रुपैयाँको बोनस बाँड्नेछ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृती तथा बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि लगानीकर्ताले पाउनेछन्।बोनस वितरणपछि बैंकको चुक्ता पूँजी ३अर्ब १ करोड ६३ लाख ३९ हजार ७४२ रुपैयाँ कायम हुनेछ।

अघिल्लो आर्थिक वर्ष २०७४/७५ को नाफाबाट भने बैंकले १७.७० प्रतिशत बोनस र कर प्रयोजनजका लागि ०.६३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो।

प्रकाशित मिति: २ चैत २०७६, आइतबार  १० : ३७ बजे