नेप्से साढे ३३ अंकले घट्यो (१२ बजेको अपडेट)

0
Shares

नेपाल स्टक एक्सचेञ्ज मापक सूचक नेप्से चैत २ गते आइतबार कारोबारको १ घण्टा अवधिमा साढे ३३ अंकले घटेको छ।  परिक्षणको रुपमा नियमित कारोबार अवधि १ घण्टा वृद्धि गरि ५ घण्टा कायम गरिएको पहिलो दिनको पहिलो घण्टामा नै नेप्सेले ओरालो यात्रा तय गरेको हो।

यसबीचमा १५६ कम्पनीका १२ लाख ८ हजार कित्ता शेयर ४७ करोड २६ लाख रुपैयाँ बराबरमा खरीद बिक्री भएका छन्। कारोबारमा आएका सबै उपसमूहको सूचक राताम्मे बन्दा ब्यापार, निर्जीबन र जीबन बीमा को सूचक ३ प्रतिशत धेरैले घटेका छन्।

यस अवधिमा नेपाल लाईफको ३ करोड बढीको शेयर कारोबार हुँदा एनएमबि बैंक, एनआईसी एशिया र शिवम् सिमेन्टसको पनि २ करोड बढीको शेयर खरीद बिक्री भएको छ।

रिलायन्स फाइनान्स, एनआईडिसिएल, र वोमी माइक्रोफाइनान्सको मात्र शेयरमूल्य सामान्य बढेको छ भने बाँकी सबैको मुलय घटेको छ। यसदिन स्वाभिमान लघुवित्तको ९ प्रतिशतले घट्दा कालिका लघुवित्त, गुँरास लघुवित्त तथा सिद्धार्थ र हिमालय जनरल इन्स्योरेन्सको शेयरमुल्य ५ प्रतिशत धेरैले घटेको छ।

 

 

प्रकाशित मिति: २ चैत २०७६, आइतबार  १२ : ०९ बजे