वालवालिकाको प्रतिभालाई उजागर गर्न डिशहोमले टेलिभिजन कार्यक्रम गर्दै

0
Shares

नेपालमानै पहिलो पटक निम्नआर्थिक अवस्था भएका वालवालिकाहरुको प्रतिभालाई उजागर गर्नका लागी फरक टेलिभिजन कार्यक्रम डिशहोमले निर्माण तथा प्रशारण गर्न थालेको छ ।

नेपाल भरीका विभिन्न सरकारी विद्यालय तथा बाल संस्थामा ४०० भन्दा वढी वालवबलिकाहरुको अडिसन पछि छानिएका ४० जनाको प्रतिभा प्रस्तुत गर्ने मञ्चको रुपमा सुनौलो तारा कार्यक्रम डिशहोमले सुरु गरेको हो ।

डिशहोमको च्यानल नं. १०२ रियालिटी टिभीमा चैत १ गते शनिवार देखीप्रशारण शुरु हुने यो कार्यक्रम हरेक हप्ता शुक्रवार र शनिवार राती ८ः३० वजे प्रशारण हुने छ । रियालिटी टिभी डिशहोमको सम्पुर्ण प्याकेजका ग्राहकहरुको लागी उपलव्ध गराईएको छ ।

शुशिला आर्टस् एकेडेमीको परिकल्पनामा तयार गरिएको यो कार्यक्रमलाई सिल्भर माउण्टेन स्कुल अफहोटल म्यानेजमेन्टले सह प्रायोजन गरेको छ ।यस कार्यक्रममा प्रथम, द्वितिय र तृतिय हुने सहभागीहरु लाई क्रमशःनगद ५ लाख, ३ लाखर १लाख डिशहोमले प्रदान गर्नेछ साथमा अन्य आकर्षक पुरस्कारहरु पनिविजेताले प्राप्तगर्ने छन् ।