घुस लिएको आरोपमा कामपाका सबइन्जिनीयर विरुद्ध मुद्दा दायर

0
Shares

सेवाग्राहीसँग घुस लिएको आरोपमा काठमाडौँ महानगरपालिकाका सबइन्जिनीयर गणेश ठकुल्लाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा मुद्दा दायर गरेको छ।

जिल्ला आयोजना कार्यान्वयन एकाइ बबरमहलमार्फत खटिइएका सबइन्जिनीयर ठकुल्लाले भूकम्पपछिको पुनःनिर्माणका लागि दोस्रो र तेस्रो किस्ता निकासा गराउने क्रममा २० हजार घुस लिएको आरोपमा मुद्दा दायर गरिएको हो।

निजले घुस मागेको भन्ने सूचनाका आधारमा खटिइएको आयोगको टोलीले सेवाग्राहीसँग घुस लिँदालिँदै पक्राउ गरेको थियो ।

प्रकाशित मिति: २ चैत्र २०७६, आइतबार  २० : १० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।