तोकिएको समयभन्दा ६ महिना अघि नै भवन निर्माण सम्पन्न

0
Shares

नेपालमा तोकिएको समयमा निमार्ण कार्य सम्पन्न हुनु अहिले आश्र्चय नै हुन थालेको छ। निमार्ण कम्पनीले गर्ने ढिलासुस्ति र हेलचक्राँईले सबैजसो कामहरु तोकिएको समयभन्दा धेरै लाग्छ। तर केही यस्ता निमार्ण व्यवसयायीहरु पनि छन् जसले तोकिएको समयभन्दा ६ महिना अघि नै निमार्ण सम्पन्न गरि भवन बुझाउने अन्तिम तयारी गरेका छ।

कैैलाली जिल्ला सरकारी वकिल कार्यालयको भवन ६ महिना अघि नै सम्पन्न भएको छ। रोयल प्रशंसा जेभी निर्माण कम्पनीले समयावधिभन्दा ६ महिना अघि नै भवन निर्माण सम्पन्न गरेको हो।

भवन निर्माणको समय २०७७ सालको भदौ ५ गतेसम्म रहेकोमा फागुन मसान्तमै दुई तले नयाँ भवन तयार गरिएको कम्पनीका सञ्चालक दीर्घ जोशीले जानकारी दिए।

उनले भने, “निर्माण सामग्री पर्याप्त मात्रामा पाउन मुस्किल हुँदाहुँदै पनि त्यसको व्यवस्थापन गर्दै भवनका निर्माण सम्पन्न गरिएको हो ।” चार करोड ४२ लाखमा भवन निर्माणको ठेक्का पाएको सो कम्पनीले २०७५ भदौ ५ गते सम्झौता गर्दै दुई वर्षको अवधिमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको थियो।

निर्माण कम्पनीले समायावधि सकिनुभन्दा ६ महिना पहिले नै भवन निर्माणको काम पूरा गरेको जिल्ला न्यायाधिवक्ता विष्णु पौडेलले बताए। अगामी वैशाखको पहिलो सातादेखि नयाँ भवनबाट सेवा दिने तयारीसमेत गरिएको उनले जानकारी दिए।

इञ्जिनीयर मोहन अवस्थीले निर्माणको अवधि बाँकी रहँदा पनि निर्माण कार्य सम्पन्न भइसकेको र छिट्टै भवन हस्तान्तरण गरिने बताए।

जुनसुकै विकास निमार्णको कार्य तोकिएका समयभन्दा ढिलो गरी सम्पन्न भइरहेको अवस्थामा तोकिएको समभन्दा अगाडि नै भवन निर्माण सम्पन्न गर्नु पक्के पनि राम्रो कुरा हो।

प्रकाशित मिति: ३ चैत २०७६, सोमबार  ०९ : ५२ बजे