राष्ट्रिय सभाको बैठक (लाइभ)

0
Shares

संघीय संसद अन्तर्गत राष्ट्रिय सभाको पाँचौं अधिवेशनको २४ औं बैठक चैत्र ०३ गते सोमबार १ः०० बजेदेखि सुरु भएको छ।

आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६ र नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०७६ माथि विचार गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

यसैगरि गृह मन्त्री राम बहादुर थापाले “अध्यागमन विधेयक, २०७६ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् भने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले, “शिक्षा सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७५ माथि प्रतिनिधि सभाबाट भएको संशोधन उपर विचार गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

यसैगरि विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहितको “पारमाणविक विधेयक, २०७५ र पारमाणविक विधेयक, २०७५ लाई पारित गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

कानून, न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले “प्रमाण (दोस्रो संशोधन) विधेयक, २०७५ माथि प्रतिनिधि सभाबाट भएको संशोधन उपर विचार गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि सोमबारका लागि तय गरिएको छ।

प्रकाशित मिति: ३ चैत २०७६, सोमबार  १३ : २० बजे