तिनाउ मिसन डेभलपमेण्ट बैंकले आन्तरिक ऋण प्रक्रियालाई अटोमेसन गर्दै

0
Shares

तिनाउ मिसन डेभलपमेण्ट बैंक (TMDBL) ले आन्तरिक लोन (ऋण) प्रक्रियालाई अटोमेसन गर्नको लागि एसबी सोलुसनसँग सम्झौता गरेको छ ।

बैंकमा लोन अटोमेसन सिस्टमको प्रयोग गर्न तिनाउ मिसन डेभलपमेण्ट बैंकको तर्फबाट कार्यकारी अधिकृत प्रदिप कुमार श्रेष्ठ र एसबी सोलुसनको तर्फबाट अध्यक्ष बिपुल ढकालले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । 

लोन अटोमेसन सिस्टम माध्यमबाट बैंकले आन्तरिक लोन प्रक्रियालाई सरल तथा सुलभ तरिकाले अटोमेनसन तथा डिजिटल गर्ने भएको छ ।

लोन अटोमेसन सिस्टमले बैंकको पेपरमा आधारित सबै लोन(ऋण) वर्कफ्लोलाई परिर्माजित गरी, लोनका क्लाइन्टहरु मोनिटर गर्न, रिस्क एसेसमेन्ट गर्न, क्रेडिट डकुमेन्टेसन तथा लोन एप्रुभ गर्नको लागि सहज हुने अपेक्षा लिइएको छ ।

एसबी सोलुसनको लोन अटोमेसन सिस्टम अन्तराष्ट्रिय मापदण्ड अनुसार निर्माण भएको सफ्टवेयर हो । यसले ऋण व्यवस्थापन प्रणालीलाई ५० प्रतिशत छिटो, सहज र विश्वासिलो बनाउने कम्पनीले दाबी गरेको छ ।

यसैगरी तिनाउ मिसन डेभलपमेण्ट बैंक नेपाल राष्ट्र बैंकबाट ख वर्गको इजाजत प्राप्त संस्था हो । तिनाउ मिसन डेभलपमेण्ट बैंकका दुई लाख भन्दा बढि ग्राहक र ५४ शाखा कार्यालयहरु रहेका छन् । तिनाउ मिसन डेभलपमेण्ट बैंकले पछिल्लो पटक मिसन डेभलपमेन्ट बैंकसँग मर्जर गरी नेपाल कम्युनिटि डेभलपमेन्ट बैंकलाई एक्वायर गरेको छ ।

त्यसैगरी एसबी सोलुसनले विभिन्न बैंक तथा कर्पोरेट हाउसका प्रोडक्ट तथा प्रक्रियालाई डिजिटलाइजेसन तथा अटोमेसन प्रदान गर्दै आएको छ ।