ड्याट्सनद्वारा कमेडी च्याम्पियन विजेतालाई गाडी हस्तान्तरण

0
Shares


नेपालमा ड्याट्सन तथा निशान गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्प प्रा.लि ले कमेडी च्याम्पियन सिजन १ का विजेता हिमेश पन्तलाई ड्याट्सन रेडी गो १.० एल हस्तान्तरण गरेको छ ।

पायोनियर मोटो कर्पका सहायक महाप्रबन्धक ज्ञानेन्द्र बहादुर चन्दले २०७६ चैत्र १ गते ललितपुर च्यासल स्थित स्टुडियोमा सम्पन्न कमेडी च्याम्पियनको ग्रान्ड फिनालेमा ड्याट्सन रेडी गो १.० एल साँचो हस्तान्तरण गरेका हुन् ।

उक्त कार्यक्रम कान्तिपुर टेलिभिजनले प्रत्यक्ष प्रशारण गरेको थियो ।

प्रकाशित मिति: ३ चैत २०७६, सोमबार  १७ : ३२ बजे