जनउत्थान लघुवित्तको १६ वटा कारोबारमै सकारात्मक सर्किट

0
Shares

जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था (JSLBB) को बुधबार १६ वटा कारोबारमा नै सकारात्मक सर्किट लागेको छ । बजार खुलेको ४ मिनेट नपुग्दै लघुवित्तको शेयरमूल्य १० प्रतिशत बढेर सकारात्मक सर्किट लागेको हो। लघुवित्तको शेयर बिक्रीकर्ता छैनन् भने माग पहिलो ४ मिनेटमा नै १ हजार बढी कित्ताको रहेको छ।

लघुवित्तले गत आवको मुनाफाबाट वितरण गर्न २५ प्रतिशत बोनस र बोनस पश्चात कायम हुने चुक्ता पूँजीको २०० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव साधारण सभामा लैजाने भएपछि लघुवित्तको शेयरको उच्च माग भएको हो ।

लघुवित्तको बुधबार पहिलो कारोबार १ हजार ४९६ मा पहिलो कारोबार भएकोमा थप १५ वटा कारोबार हुँदा ९.९६ प्रतिशत अर्थात १४२ रुपैयाँ बढेर १ हजार ५६७ रुपैयाँ पुगेको हो।

 

प्रकाशित मिति: ५ चैत २०७६, बुधबार  ११ : ०९ बजे