बुधबारको बजारमा सबैभन्दा धेरै गुमाउने यस्ता छन् कम्पनी

0
Shares

चैत ५ गते शेयर बजारमा कारोबारमा आएका ठूला पूँजीकरण भएका निर्जीबन बीमा, जीबन बीमा, बैंकिङ्ग सम्बद्ध कम्पनीहरुको शेयरमूल्य घट्दा त्यसको सोझो असर नेप्से सूचकमा परेको छ।

यसदिन नेप्से १.२८ प्रतिशत अर्थात १६.२६ अंकले घटेर १ हजार २५५ दशमलव ८० बिन्दुमा झरेको छ। सेन्सेटिभ समूहको सूचक पनि १ प्रतिशत बढीले घटेर २७१ दशमलव ७९ अंकमा बन्द भएको छ। यसदिन निर्जीबन बीमा, जीबन बीमा, बैंकिङ्ग, होटल्स्, र उत्पादनमूलक उपसमूहका सूचक १ प्रतिशत धेरैले झरेका छन्।

ब्यापार बाहेक सबै ११ वटै उपसमूहका सूचक ऋणात्मक भएपछि बुधबार ११० कम्पनीको शेयरमूल्यमा गिरावट आएको हो । त्यसमध्ये कालिका पावर कम्पनीको शेयरमूल्य ९ प्रतिशत बढीले घटेको छ भने अन्य २२ कम्पनीको शेयरमूल्य पनि ३ प्रतिशत बढीले ओरालो लाग्यो।
सर्पोट माइक्रोफाइनान्स, एनएलजी इन्स्योरेन्स, मल्टिपपर्स फाइनान्स, सिद्धार्थ इन्स्योरेन्स, ग्रामीण विकास लघुवित्त, विशाल बजार कम्पनी र फस्ट माइक्रोफाइनान्स कम्पनीको शेयरमूल्य ४ प्रतिशत धेरैले घटेको हो।

कूल १७२ कम्पनीका शेयर कारोबारमा आएकोमा ३६ कम्पनीको मात्र शेयरमूल्य बढेको छ। जसमा जनउत्गान लघुवित्तको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने माउन्टेन हाइड्रो, सबैको लघुवित्त, नेपाल यन्भेष्टमेन्ट बैंक संस्थापक, नेपाल इन्स्यनेरेन्स, स्वाभिमान लघुवित्त, गुँरास लघुवित्त, स्पर्स लघुवित्त, फरवार्ड कम्युनिटी लघुवित्त, र सिन्धु विकास बैंकको शेयरमूल्य ३ प्रतिशत बढीले सुधार भएको छ।

बुधबार १७२ कम्पनीका ३४ लाख ८३ हजार २२१ कित्ता शेयर १५ हजार ७८० पटक खरीद बिक्री हुँदा १ अर्ब १८ करोड ४४ लाख १६ हजार बराबरको कारोबार भएको छ।

प्रकाशित मिति: ५ चैत २०७६, बुधबार  १६ : २३ बजे