साताको अन्तिम कारोबार दिन नेप्सेमा आयो दोहोरो अंकको सुधार

0
Shares

साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से सूचक दोहोरो अंकले बढेको छ। कोभिड १९ फैलने संत्राशका कारण आइतबारदेखि शेयर कारोबार बन्द हुने समाचार फैलिएपछि पनि शेयर बजार सकारात्मक बनेको आंकलन गरिएको हो।

यद्यपी नेपाल धितोपत्र बोर्डले भने शेयर बजार बन्द हुने हालसम्म पुष्टि गरेको छैन। बोर्डले आजै सावधानीका उपाए अपनाएर शेयर कारोबार सञ्चालन गर्न ब्रोकर कार्यालय निर्देशन दिएको छ।

बिहीबार नेप्से सूचक १.०८ प्रतिशत अर्थात १३.५० अंकले बढेर १ हजार २६९ दशमलव ३० बिन्दुमा पुगेको छ। १७३ वटा कम्पनीको ५१ लाख ६ हजार ६८१ कित्ता शेयर १८ हजार ७९२ पटक खरीद बिक्री हुँदा कारोबार रकम १ अर्ब ९० करोड नाघेको छ । बुधबार १ अर्ब १८ करोड रुपैयाँ बराबरको मात्र शेयर कारोबार भएको थियो।

  • हिमालयन डिष्टीलरी उच्च कारोबार

बिहीबार कारोबार आएको कम्पनीमध्ये हिमालयन डिष्टीलरीको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको २ लाख ४४ हजार ५६८ कित्ता शेयर ३१ करोड ३३ लाख ५ हजार रुपैयाँ बराबरको खरीद बिक्री भएको हो।

यसैगरि नेपाल लाइफ इन्स्योरेन्सको ११ करोड ३१ लाख, एनआइसी एशिया बैंकको ९ करोड ६५ लाख, एनएमबि बैंकको ७ करोड १८ लाखको शेयर कारोबार भयो। नेपाल बैंक, प्रभु बैंक, शिवम् सिमेन्टस्, नबिल बैंक, इन्भेष्टमेन्ट बैंक संस्थापक, र ग्लोबल आईएमई बैंक पनि शिर्ष दश कारोबार हुने कम्पनीमा समेटिएका छन्।

  • सात उपसमुहका सूचक सकारात्मक

यसदिन कारोबारमा आएका उपसमुहका सूचक मिश्रीत देखिएका छन्। १२ उपसमूहमध्ये ७ वटा उपसमुहका सूचक सकारात्मक देखिएका छन भने ५ वटा नकारात्मक भए।

जीबन बीमा, निर्जीबन बीमा, बैंकिङ्ग, र लघुवित्तको सूचक १ प्रतिशत बढीले बढेको छ भने वित्तको सूचक १ प्रतिशत बढीले ऋणात्मक भएको छ। विकास बैंक, ब्यापार, होटल र उत्पादनमूलक सूचक पनि यसदिन नकारात्मक रहे।

  • जनउत्थानमा सकारात्मक र सेन्ट्रल फाइनान्समा नकारात्मक सर्किट

यसदिनको बजारमा जनउत्थान लघुवित्तको शेयरमूल्य ९.९६ प्रतिशत र सेन्ट्रल फाइनान्सको शेयरमूल्य सबैभन्त्दा धेरै ९।५२ प्रतिशतले घटेर नकारात्मक सर्किट नजिक पुगेको छ।

कारोबारमा आएका राधी विद्युत ९.५५, एनसीसी बैंक ६.६७, कर्णाली डेभलपमेन्ट बैंक ६.०६, माउन्टेन हाइड्रो ६.०२, एनआईबिएल समृद्धि फण्ड १ ५.८८, जोशी हाइड्रोपावर ५.४५, र कालिका लघुवित्तको ५ प्रतिशत धेरैले शेयरमूल्य बढेको छ।

उता सप्तकोशी डेभलपमेन्ट बैंक ८.०६ प्रतिशत, श्री इन्भेष्टमेन्ट फाइनान्स ६.५३, नेपाल हाइड्रो डेभलपर्स ६.४, मञ्जुश्री फाइनान्सको ६.१७, एनआईसी एशिया ग्रोथ फण्ड ५.६३, र सिन्धु विकास बैंकको शेयरमूल्य ५.२२ प्रतिशतले अवमूल्यन भएको छ।

प्रकाशित मिति: ६ चैत २०७६, बिहीबार  १७ : १९ बजे