सेलपे सेवाको “2020-S20 Offer” योजना सुरु


नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रा. लि. को सेलपे सेवाले नयाँ योजना “2020-S20 Offer” सुरु गरेको छ ।

यस योजना अन्तर्गत ग्राहकहरुले लक्की ड्र मार्फत कुनै एक भाग्यसाली विजेताले एउटा सामसुङ ग्यालेक्सी एस टूवान्टी मोबाइल जित्ने मौका पाउनेछन । यो योजना चैत्र ७ गते देखि चैत्र २७ गते सम्म लागु हुनेछ ।

यस योजनामा सेलपेका ग्राहकहरुले न्युनतम २० रुपैंयाको कुनै पनि कारोवार रिचार्ज, युटिलिटी पेमेन्ट, P2P Fund transfer (मर्चेन्ट भुक्तानी बाहेक) गरे, लक्की ड्र को लागि कोड पाउनेछन् । उक्त कोड लक्की ड्र को लागि छनोट हुनेछ र सोही कोडहरुबाट लक्की ड्र मार्फत एक जना भाग्यसाली ग्राहकले सामसुङ ग्यालेक्सी एस टूवान्टी मोबाइल पाउने छन् ।

यस्का साथै ७ जना भाग्यसाली ग्राहकले हरेक हप्ता Payless, Address lounge  र X-Age बाट विभिन्न उपहारहरु पाउनेछन् । यो योजना नयाँ तथा पुराना दुबै ग्राहकहरुको लागि लागु हुनेछ ।