एनएलजी इन्स्योरेन्सका ‘ख’ वर्गका शेयरधनीलाई यस्तो अनुरोध

0
Shares

एनएलजी इन्स्योरेन्स कम्पनी (NLG) ले समूह ‘ख’ का शेयरधनीलाई चैत १२ गतेसम्म हकप्रद शेयर खरीदका लागि आवेदन दिइसक्न भनेको छ।

गत फागुन २२ गतेदेखि १० बराबर ६ अनुपातमा ३८ लाख ४२ हजार ४३७ दशमलव ५० कित्ता हकप्रद शेयर जारी गरिरहेको यस कम्पनीले शेयरधनी समूह ‘ख’ का लागि आफ्नो नजिकको पायक पर्ने संकलन केन्द्रबाट हकप्रदको आवेदन बुझाउन अनुरोध गरेको हो।

कम्पनीले शेयरधनी समूह ‘ख’ का लागि सि-आश्वा प्रणाली मार्फत हकप्रद भर्न नमिल्ने पनि जनाएको छ। अन्य लगानीकर्ताले भने सि-आश्वा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

हकप्रदमा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट नयाँ बानेश्वर, एनएलजी इन्स्योरेन्सका शाखा कार्यालयहरु र लक्ष्मी बैंकका न्यूरोड, कलङ्की, नारायणगढ, धनगढी, जनकपूर, इटहरी, दमक, धरान, घोराही, बनेपा र हेटौंडा शाखा कार्यालयबाट पनि हकप्रद भर्न सकिनेछ।
हकप्रदमा यसमा माघ २६ गतेसम्म कायम शेयरधनीहरुले मात्र आवेदन दिन पाउनेछन्।

इन्स्योरेन्सको हकप्रदलाई क्रेडिट रेटिङ्ग एजेन्सी इक्रा नेपालले इक्रा एनपि आईपिओ ग्रेड ३ रेटिङ्ग प्रदान गरेको छ। ग्रेड ३ रेटिङ्गले इन्स्योरेन्सको वित्तीय आधारभुत अवस्था औसत रहेको बुझाउँछ।

हकप्रद निष्काशन पश्चात एनएलजीको चुक्ता पूँजी १ अर्ब २ करोड ४६ लाख ५० हजार रुपैयाँ कायम हुनेछ।