मनकामना केवुलकार सेवा शनिबारदेखि बन्द हुदै


नेपालको पहिलो केबुलकार सञ्चालक मनकामना दर्शन प्रा.लि.ले कोरोना भाइरस संक्रमण रोक्न सरकारको निर्णयलाई सहयोग पुर्याउने उद्देश्यले चैत्र ८ गते शनिबारदेखि मनकामना केवुलकार सेवा बन्द हुने जनाएको छ ।

स्वास्थ्य नै सर्वोपरी हो भन्ने मनकामना दर्शन प्रा.लि.ले सामाजिक व्यवसायिक उत्तरदायित्व महसुस गर्दै पहिले देखी कोरोना भाइरसको प्रभाव नबढोस् भन्ने हेतुले विभिन्न स्वास्थ्य सुरक्षाका उपायहरु अवलम्वन गर्दै केवुलकार सेवा संचालन गर्दै आएको थियो ।

यस क्रममा चौत्र ८ देखि चैत्र ३० गतेसम्म केबलकार सञ्चालन नगर्ने निर्णय भएका मनकामना दर्शन प्रा.लि. ले जनाएको छ ।