सुरक्षित र सजिलो खाद्य सामाग्री किन्न अब nimbusbazar.com

0
Shares

निम्बसले www.nimbusbazar.com मा विभिन्न खाद्य सामाग्रीहरुको अनलाइन अर्डर लिनुका साथै ग्राहकको दैलोसम्म अर्डर गरिएका बस्तुहरु पुर्याउन सुरु गरेको छ। कम्पनीले यस्तो सेवा चैत ९ गते आइतबारदेखि प्रदान गर्ने जनाएको छ।

निम्बस बजारमा ग्राहकहरुले निम्बसका विभिन्न ब्राण्डहरु – व्यन्जन, हिमालयन ह्याप्पी पेट खरिद गर्नसक्छन्। यी ब्राण्डहरुका खाने तेल, आटा, दाल, सोयाबिन मस्यौरा, अचार, चिउरा, पापड साथै हिमालयन ह्याप्पी पेटको कुकुरको खाना, आदि निम्बस बजारमा पाउन सकिन्छ।

यससँगै हाल फैलिरहेको कोभिड–१९ अर्थात् कोरोनाको प्रकोपबाट आफ्ना डेलिभरी तथा अन्य कर्मचारीहरुको सुरक्षाको सुनिश्चिताका लागि कम्पनीले तयारी सुरु गरिसकेको छ। निम्बसले सबै डेलिभरी गर्ने कर्मचारीहरुलाई व्याक्तिगत स्वास्थ, तथा सरसफाइ, हात धुने, सेनिटाइजिङ गर्ने विधिका बारेमा निरन्तर शिक्षा तथा प्रशिक्षण दिदैँ आएको छ।

साथै कर्मचारीहरुलाई कोभिड–१९ को लक्षण देखा परेमा कसरी सावधानी अप्नाउने भनेर तालिम प्रदान गरेको छ । यसअलावा सबै डेलिभरी कर्मचारीललाई मास्क, सेनिटाइजर, पनि उपलब्ध गराएको छ।

‘आउने समय अनिश्चित छ, हामी ग्राहकहरुको दैनिक खाद्य बस्तु खरिदमा सुरक्षित विकल्प रहेको कुरा सुनिश्चित गराउन चाहान्छौं । हाम्रा ग्राहक, समन्वयकर्ता तथा समुदायहरुलाई स्वस्थ वातावरण दिनका लागि हामी तत्पर छौं ।’ निम्बसका कार्यकारी निर्देशक आनन्द बगरिया भन्छन्।

हालको जोखिमपूर्ण अवस्थालाई ध्यानमा राख्दै ग्राहक उपभोक्तपाहरुको सुरक्षित सपिङ अनुभवका लागि निम्बसले यो वेबसाइट www.nimbusbazar.com समय अगावै सिमित फिचरहरुसँग सार्वजनिक गरेको छ। आगामी दिनमा कम्पनीले थप नयाँ फिचरहरु यसमा थप गर्दै जाने छ । हाल निम्बसले डेलिभरी सेवा काठमाडौं उपत्यकामा मात्र उपब्ध गराउने कम्पनीले जनाएको छ।