लक्ष्मी उन्नति कोषको इकाई बिक्री यसकारण भयो स्थगित

0
Shares

लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित लक्ष्मी उन्नति कोषको इकाई निष्कासन स्थगित भएको छ । कोषले चैत ९ गते आइतावार देखि ८ करोड इकाई निष्कासन गर्ने तालिका सार्वजनिक गरेको थियो।

लक्ष्मी क्यापिटलले सरकारले अत्यावश्यक सेवा बाहेकका सम्पूर्ण कार्यहरु सञ्चालनमा रोक लगाएको हुँदा योजनाले इकाई निष्कासन गर्ने कार्य अर्को सूचना जारी नगरिएसम्मको लागि स्थगित गरिएको जनाएको छ।

लक्ष्मी उन्नति कोषले निष्काशन गर्न लागेको कुल ८ करोड इकाईमध्ये १ करोड २० लाख इकाई कोष प्रबर्द्धक लक्ष्मी बैंकलाई सुरक्षित राखी बाँकी रहेको ६ करोड ८० लाख इकाई सर्वसाधारणलाई निष्कासन गर्ने तयारी गरेको थियो ।

यसअघि दुईवटा फण्ड सञ्चालन गरिरहेको क्यापिटलले दश वर्ष अवधि रहेको तेस्रो बन्दमुखी म्युचुअल फण्डको इकाई बिक्री गर्न लागेको थियो।

इक्रा नेपालले कोष प्रवद्र्धकलाई इक्रा एनपी आईआर बिबिबि प्लस र कोष व्यवस्थापकलाई इक्रा एनपि एएमसी क्वालिटी ३ रेटिङ्ग प्रदान गरेको छ।

इकाई बिक्रीबाट संकलित रकम धितोपत्र बोर्डमा दर्ता भएको धितोपत्र, सार्वजनिक निष्काशन भएको धितोपत्र, धितोपत्र बजारमा सूचीकृत धितोपत्र, बैंक निक्षेप, मुद्रा बजार उपकरण, नेपाल सरकारले जारी गरेका वा नियन्त्रणमा रहेको कुनै संस्थाले जारी गरेको ऋणपत्र, ट्रेजरी विल तथा मुद्रा बजारका अन्य साधनहरुमा लगानी गर्ने योजना क्यापिटलको छ।