युनाइटेड इदी मर्दीको आईपीओ निष्काशन स्थगित

0
Shares

युनाइटेड इदी मर्दी एण्ड आरबी हाइड्रोपावर कम्पनीले आजदेखि (चैत १० गते) निष्काशनमा ल्याउन लागेको आईपीओ हाललाई स्थगित गरेको छ।

विश्वभरी फैलिएको कोरोना भाइरस (कोचिड १९) को सम्भावित संक्रमण रोक्न सरकारले देशभरी अत्यावश्यक सेवा बाहेकका सबै सेवा सञ्चालनमा रोक लगाउने निर्णय गरेसँगै कम्पनीले अर्को सूचना प्रकाशन नभएसम्मका लागि आईपीओ जारी प्रकृया स्थगित गरिएको जनाएको छ।

कम्पनीले उद्योग प्रभावित क्षेत्रका कास्कीका स्थायी बासिन्दाका लागि १०० रुपैयाँ अंकित दरमा ४ करोड २० लाख रुपैयाँ बराबरको ४ लाख २० हजार कित्ता प्राथमिक शेयर (आईपीओं) जारी गर्ने तयारी गरेको थियो।

सम्बन्धित समाचार…

प्रकाशित मिति: १० चैत २०७६, सोमबार  १२ : ४३ बजे