कोरोना माहामारीः चीनमा नयाँ संक्रमण र मृत्यु शुन्य, विश्वभर मृतक संख्या साढे १६ हजार नाघ्यो

0
Shares

कोरोना माहामारीको उद्गम थलो चीनमा नयाँ कोरोना संक्रमण र मृतकको संख्या शुन्यमा झरेको छ ।

मंगलबार बिहानसम्मको सूचना अनुसार नयाँ बिरामी र नयाँ मृत्युका घटना देखिएका छैनन् चीनमा ८१ हजार ९३ जनामा कोरोना देखिएको थियो जसमध्ये ३२ सय ७० जनाले ज्यान गुमाएका थिए । हालसम्म ७२ हजार ७०३ जना बिरामी रोग निको भएर पुरानै दैनिकीमा फर्कीएका छन् भने ५ हजार १२० जना उपचाररत रहेको बीबीसीले लेखेको छ ।

संक्रमण भएका मध्ये १७ सय ४९ जनाको अवस्था गम्भिर छ । मंगलबार बिहानसम्म १९५ मुलुकका ३ लाख ७८ हजार ७४१ जनमा संक्रमण पुष्टी भईसकेको छ । जसमध्ये १६ हजार ४ सय ९६ जनाको मृत्यु भईसकेको छ भने १ लाख १ हजार ६०८ जना मानिसमा भाईरस निको भएको छ ।

पछिल्लो समय एशियाको इरान र यूरोपको इटाली, फ्रान्स, स्पेन तथा अमेरीका बढी मात्रामा कोरोनाले प्रताडित बनेका छन् ।

 

प्रकाशित मिति: ११ चैत २०७६, मंगलबार  ०८ : ४५ बजे