लक डाउनको जनताद्धारा पूर्ण समर्थन, तरकारीदेखि सबै पसल बिहानैदेखि बन्द (फोटोफिचर)

0
Shares

सरकारले कोरोना भाइरसको संक्रमणको महामारीबाट जनतालाई जोगिन चैत ११ गते बिहान ६ बजेदेखि लागु गरेको लक डाउनलट आम जनमानसबाट पनि पूर्ण समर्थन मिलेको छ।

सरकारले अत्यावश्यक काममा मात्र घर बाहिर निस्कन र अति आवश्यक सेवा सञ्चालन गर्न मात्रै छुट गरेको छ। उपत्यकाका काठमाण्डौ, भक्तपुर र ललितपुरमा मंगलबार बिहानदेखि नै अत्यावश्यक सेवा सञ्चालनका सवारी साधन बाहेकका सवारी साधन सञ्चालनमा आएका छैनन।

सडकमा हिडनेहरुको परिचयपत्रको चेकजाँचलाई पनि कडाई गरिएको छ भने सुरक्षाकर्मीको परिचालन बाक्लो गरिएको छ।

चैत ४ गते कतार एयरलाइन्स मार्फत फ्रान्सबाट फर्किएकी १९ वर्षिया युवतिमा कोरोना संक्रमण पुष्टि भएपछि थप संक्रमण फैलन नदिनका लागि सरकारले संक्रामक रोग ऐन २०२० अनुसार चैत १८ गतेसम्मका लागि मुलुकभर लकडाउनको घोषणा गरेको हो ।

प्रकाशित मिति: ११ चैत २०७६, मंगलबार  ०९ : ५१ बजे