कोरोनाका कारण इटालीमा एकैदिन ६०२ जनाको ज्यान गयो

0
Shares

कोरोना माहामारीकाकारण इटालीमा एकैदिन ६ सय २ जनाको मृत्यु भएको छ। मंगलबार बिहानसम्मको उक्त संख्यासंगै इटालीमा मात्रै कोरोनाकाकारण ज्यान गुमाउनेको संख्या ६ हजार ७७ पुगेको विश्व स्वास्थ्य संगठनले जनाएको छ।

नयाँ ४ हजार ७ सय बिरामीमा संग्रमण देखिएसंगै इटालीमा संक्रमित संख्या ६३ हजार ९ सय पुगेको छ।

इटाली पछि मंगलबार बिहानसम्म धेरै मृत्युहुने अर्को मुलुक स्पेन बनेको छ । स्पेनमा आज मात्रै ५ सय ३९ जनाले ज्यान गुमाएका छन् । मंगलबार बिहान पछि स्पेनमा मृतकसंख्या २ हजार ३११ पुगेको छ। कोरोनाबाट फ्रान्स, इरान अमेरीका, जर्मनी स्वीट्जरल्याण्डमा पनि मृत्यु हुनेको संख्या ह्वात्तै थपिएको छ ।

प्रकाशित मिति: ११ चैत २०७६, मंगलबार  ११ : ५५ बजे