कोभिड संक्रमित नेपाली महिला डिस्चार्ज, ‘सावधानी अपनाऔं’


केही दिन अघि सामाजिक सञ्जालमा अस्पतालबाट आफुलाई कोरोना संक्रमण भएको भन्दै पोष्ट गर्ने नेपाली महिलालाई बेलायतस्थित अस्पतालले डिष्चार्ज गरेको छ ।

२ साता लामो अस्पताल बसाई पछि उनको स्वास्थ्य अवस्था सामान्य बनेपछि अस्पतालले उनलाई मंगलबार डिष्चार्ज गरेको हो ।

बेलायतको लन्डनमा कोरोनाभाइरसबाट संक्रमित भएर उपचार गराइरहेकी लमजुङकी भगवती रानाभाटले केही दिन पहिले सामाजिक सञ्जालमा आफुलाई कोरोना लागेको भन्दै अस्पताल बसाईको अनुभव सार्वजनिक गरेकी थिएन् ।

अस्पताल बसाईको १३ दिनसम्म पनि संक्रमण निको नभएको भन्दै उनले सबैलाई सावधानी अपनाउन सचेत गराएकी थिइन् । 

कोरोना संक्रमित नेपाली महिलाले बेलायतस्थित आईसोलेसनबाट दिइन् यस्तो सन्देश