खराब कर्जाको भार बढ्दा नाडेप लघुवित्तको अवस्था कमजोर, नाफा र प्रतिशेयर आम्दानीमा उच्च गिरावट

0
Shares

नाडेप लघुवित्तको खुद नाफा गत वर्षको तेस्रो त्रैमासको ६२.२० प्रतिशतले घटेको छ ।

गत आर्थिक वर्षको यसै अवधिमा ४ करोड ४६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको लघुवित्तले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा एक करोड ६८ लाख रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको छ

१८५ प्रतिशतले चुक्ता पूँजी बढाएको कम्पनीको नाफमा गिरावट आउँदा प्रतिशेयर आम्दानीमा समेत उच्च गिरावट आएको छ । लघुवित्तको प्रतिशेयर आम्दानीमा झण्डै ८७ प्रतिशतकोे गिरावट देखिएको छ । ५३ रुपैयाँ ११ पैसा प्रतिशेयर आम्दानी रहेको लघुवित्तको समीक्षा अवधिमा प्रतिशेयर आम्दानी ७ रुपैयाँ ०३ पैसामा झरेको छ ।

लघुवित्तको चुक्ता पूँजी १८५ प्रतिशतले बढाएर ११ करोड २० लाख रुपैयाँबाट ३२ करोड पुर्याएको छ भने जगेडा कोषमा ४४ प्रतिशतले सुधार गर्दै २२ करोड ४८ लाख रुपैयाँ सञ्चित गरेको छ ।

लघुवित्तले एक अर्ब बढी निक्षेप उठाएर २ अर्ब १६ करोड सापट लिएको छ भने ३ अर्ब ६९ करोड कर्जा लगानी गरेको छ । यस अवधिमा कम्पनीले १८ करोड ७९ लाख खुद ब्याज आम्दानी गरेको छ ।

संस्थाको संचालन खर्च, कर्मचारी खर्च तथा खराब कर्जा बढेपछि नाफा खस्किएको हो । लघुवित्तको खराब कर्जा अनुपात २.२० बाट बढेर ४.३८ प्रतिशत पुगेको छ । लघुवित्तको प्रतिशेयर नेटवर्थ १७० रुपैयाँ २५ पैसा र मूल्य आम्दानी अनुपात ९२.७५ गुणा बढी छ ।