कोरोनाका कारण भारतीय शेयर बजारमा ५३ लाख करोडको नोक्सानी, अम्बानीलाई सबैभन्दा धेरै घाटा

0
Shares

भारतीय शेयर बजारमा कोरोना भाइरसको त्रासका कारणले मात्र ५२ लाख करोड भारतीय रुपैयाँ नोक्सानी भएको छ । पछिल्ला केही सातामै भारतीय शेयर बजारमा भएको नोक्सानी भारतको कुल ग्राहस्थ उत्पादनको आधा हो।

भारतीय शेयर बजारमा आएको कोरोना आँधीका कारण ५२ लाख करोड भारतीय रुपैयाँ नोक्सानी हुँदै गर्दा अर्बपति मुकेस अम्बानीलाई सबैभन्दा धेरै नोक्सानी भएको भारतीय सञ्चार माध्यामहरुले जनाएका छन । यसभन्दा अघि यति छोटो अवधिमा यो आकारको नोक्सानी भएको थिएन ।

यो अवधिमा बम्बई स्टक एक्सचेन्जमा सूचीकृत कम्पनीहरुको कूल बजार पूँजीकरण ५२ लाख करोड भारुले घटेको हो । सन् २०१९ डिसेम्बर ३१ मा सेन्सेक्सको कूल बजार पूँजीकरण १५५ दशमलव ३३ लाख करोड भारु थियो । २०२० मार्च २३ मा सेन्सेक्सको कूल बजार पूँजीकरण घटेर १०३ लाख करोड भारुमा झरेको छ।

यो अवधिमा भारतीय शेयर बजारको नोक्सानीलाई भारतीय कुल आयसँग तुलनामा गर्दा चालु आर्थिक वर्षको कूल आयको तीन गुणा हो । सरकारले चालु आर्थिक वर्षमा अनुमान गरेको कुल खर्चको दुई गुणा हो ।

पछिल्ला केही सातामा भारतीय शेयर बजारमा उच्च गिरावट आएको थियो। गत सोमबार मात्र १४.२२ लाख कोड भारुको नोक्सानी भएको छ । यो हालसम्मकै उच्च नोक्सानी हो । यो दिन सेन्सेक्स ३ हजार ९३५ अंकले घटेको थियो भने निफ्टी १ हजार १३५ अंकले घटेको थियो ।
विश्लेषकका अनुसार भारतीय शेयर बजार यसभन्दा तल जाने अवस्था नै छैन भन्न सकिँदैन । उनीहरु भन्छन् बजार अझै पनि तल जान सक्छ ।

मार्च २३ सम्ममा भारतमा ४१५ जना कोरोनाबाट संक्रमित भैसकेका छन् । यसलाई थप फैलनबाट बचाउनका लागि तीन साता देशभर लक डाउन गरेको अवस्था छ । भाइरसको संक्रमण बढ्न सक्ने डर लगानीकर्तामा भएको हुनाले आगामी दिन शेयर बजार अझै तल झर्ने अस्था रहेको छ । पछिल्लो ४४ कारोबार दिनमा भारतीय शेयर बजारको बेञ्चमार्क ३७ प्रतिशतले घटेको अवस्था छ । यसको मतलव ४४ दिनमा देशको करिब ४० प्रतिशत कूल ग्राहक उत्पादन घटेको मान्न सकिन्छ । पछिल्लो समयमा शेयर बजारमा देखिएको गिरावट यसभन्दा अघि कहिल्यै पनि थिएन ।

सन् २००८ मा बेञ्चमार्क सूचक २०० कारोबार दिनमा ६६ प्रतिशतले घटेको थियो। तर, सन् २०११ मा २७५ दिनमा २८ प्रतिशतले मात्र घटेको थियो। कोरोना संक्रमणका कारणले बम्बई स्टक एक्सचेञ्ज (विएसई) मा सूचीकृत कम्पनीमध्ये ठूलो पूँजीकरण भएका कम्पनीको २५.९६ लाख करोड र मध्यम र थोरै पूँजीकरण भएका कम्पनीका शेयरको ७ लाख करोड भारतीय रुपैयाँ डुबेको अवस्था हो।

यो गिरावटमा साना भन्दा साना लगानीकर्ता देखि अर्बपतिसम्मको सम्पत्तीमा नोक्सान पुगेको छ । ब्लुम्वर्ग विलियनियर इन्डेक्स अनुसार यो वर्षको अहिलेसम्मको अवधिमा १४ मूख्य अर्बपतिको लगभग ४ लाख करोड भारतीय रुपैयाँ घाटा लागिसकेको अवस्था छ। २ अर्बपतिको १.८५ लाख करोड भारुका दरले नोक्सान भएको देखिन्छ । मुकेश अम्बानीको कूल सम्पत्ती १.४७ लाख करोड भारु नोक्सान भएको छ। कोरोना भाइरसको असरका कारण तेलको मागमा आएको गिरावटले रिलायन्स इन्डष्ट्रिजको शेयर मूल्यमा गत साताको यसै अवधिको तुलनामा ४१ प्रतिशतले गिरावट आएको छ ।

आर्सेलर मित्तलका प्रमूख कार्यकारी अधिकृत लक्ष्मी निवास मित्तलको कुल सम्पत्ती ३५ हजार करोड भारुले कमी आएको छ । यसैगरी यो अवधिमा अडाणी समुहका गौतम अडाणी को ३२ हजार २०० करोड, आइटी क्षेत्रको दिग्गज कम्पनी विप्रो के फण्डर अजीम प्रेमजीकी सम्पत्तिमा ३१ हजार ३६० करोड, कोटक महिंन्द्र बैंकका उदय कोटाकको सम्पत्तिमा २९ हजार ५४० करोड तथा एचसीएल के शिव नाडरको कूल सम्पत्तिमा २५ हजार २०० करोड भारु गिरावट आएको अवस्था छ ।

प्रकाशित मिति: १३ चैत २०७६, बिहीबार  ०८ : २० बजे