शुक्रबार बिहानै १०५ सवारीसाधन नियन्त्रणमा

0
Shares

कोरोना भाइरस (कोभिड–१९) को रोकथामका लागि नेपाल सरकारले लागू गरेको आदेश उल्लङ्घन गर्ने १०५ सवारीसाधनलाई प्रहरीले शुक्रबार बिहानै नियन्त्रणमा लिएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट चैत १४ गते बिहान ८ बजेसम्म उक्त सङ्ख्यामा गाडी नियन्त्रणमा लिएको हो । अटेर गरी सवारीसाधन सञ्चालन गरेका साधनलाई नियन्त्रणमा लिएको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिए ।

नियन्त्रणमा लिइएकोमध्ये दुईपाङ्ग्रे ९८ र चारपाङ्ग्रे ७ रहेका महाशाखाले जनाएको छ ।

घरबाट अनावश्यकरूपमा निस्केका सर्वसाधारणलाई सम्झाई बुझाई घरतर्फ नै फर्काइएको उनले उल्लेख गरे। अत्यावश्यक सेवा र अनुमतिपत्र लिएका सवारीसाधन मात्रै चलाउन पाउने नियम कडाइका साथ पालना गर्न लगाइएको श्रेष्ठले बताए ।

प्रहरीले बिहीबार २२५ वटा दुईपाङ्ग्रे र २८ वटा चारपाङ्ग्रे गरि २५३ वटा नियन्त्रणमा लिएको थियो भने बुधबार ९२९ वटा दुईपाङ्ग्रे र १३४ वटा चारपाङ्ग्रे गरि १०६३ वटा नियन्त्रणमा लिइएको महाशाखाले जनाएको छ ।

सरकारले कोरोना भाइरस फैलिन नदिन मङ्गलबारदेखि यही चैत १८ गते बिहान ६ः०० बजेसम्मका लागि ‘लकडाउन’ गरेको छ । अत्यावश्यक काम बाहेक बाहिर निस्कनेहरुको सवारी प्रहरीले नियन्त्रणमा लिँदै आएको ।

प्रकाशित मिति: १४ चैत २०७६, शुक्रबार  ०९ : ५० बजे