एनएमबि लघुवित्तको शेयरमूल्य समायोजन

0
Shares

एनएमबि लघुवित्त (NMBMF) को १२ प्रतिशत बोनस शेयरको बुकक्लोजसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको छ ।  कम्पनीले गत आवको मुनाफाबाट प्रस्ताव गरेको बोनस शेयर वितरण तथा साधारण सभा प्रयोजनका लागि चैत १० गते सोमबारदेखि बुकक्लोज गरेको हो।

बुकक्लोजसँगै नेप्सेले लघुवित्तको बोनस शेयर समायोजनपछिको भाउ प्रतिकित्ता ६७४ रुपैयाँ निर्धारण गरेको छ । नेपाल धितोपत्र बोर्डले सोमबारदेखि ५ कारोबार दिन शेयर कारोबार बन्द गरेकाले यसअनुसार चैत १८ गते मंगलबार लघुवित्तको शेयर कारोबार खुलेपश्चात यहि मूल्यलाई आधार माने खुल्नेछ।

लघुवित्तले चैत २६ गते सिटी स्क्वयर पार्टी प्यालेस, न्युरोड, पोखरामा बिहान ११ बजे साधारण सभा बोलाएको छ।

सभाले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट सञ्चालक समितिले प्रस्ताव गरेको १२ प्रतिशत (४ करोड ८६ लाख १ हजार ८७५ रुपैयाँ) बोनस र बोनसको कर प्रयोजनका लागि ०.६३२ प्रतिशत (२५ लाख ५७ हजार ९३३ रुपैयाँ) नगद लाभांश अनुमोदन गर्नेछ।

यसका साथै सभाले मर्जर अथवा एक्विजिशन सम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि पारित गर्नेछ।

चैत ९ गतेसम्म कायम शेयरधनीले लाभांश पाउनेछन् । हाल ४० करोड ५० लाख १५ हजार रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको १२ प्रतिशत बोनस शेयर वितरण पश्चात ४५ करोड ३६ लाख १७ हजार रुपैयाँ पुग्नेछ।

यसैबीच कम्पनी सञ्चालक समितिको चैत १० गते सम्पन्न १०० औं बैठकले सञ्जिब सुब्बालाई सर्वसम्मत रुपमा चयन गरेको लघुवित्तका कम्पनी सचिव गोबिन्द बास्तोलाले जानकारी दिए।

प्रकाशित मिति: १४ चैत २०७६, शुक्रबार  १० : २३ बजे