हिमालयन जनरल इन्स्योरेन्सको साधारण सभा आह्वान

0
Shares

हिमालयन जनरल इन्स्योरेन्स (HGI) ले वैशाख २९ गते २६ औं वार्षिक साधारण सभा आह्वान गरेको छ। कम्पनीले कार्की ब्यांकेट, बबरमहलमा बिहान ११ बजे सभा बोलाएको हो।

साधारण सभाले सञ्चालक समितिले गत आव २०७५/७६ को मुनाफाबाट प्रस्ताव गरेको ७.७५ प्रतिशत (४ प्रतिशत बोनस र बोनसको कर प्रयोजनका लागि ३.७५ प्रतिशत नगद ) लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ ।

साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि इन्स्योरेन्सले वैशाख १२ गतेदेखि २९ गतेसम्म शेयर दाखिल खारेजी गर्ने निर्णय गरेको छ। यसअनुसार वैशाख ११ गतेसम्म नेप्सेमा शेयर कारोबार भई कायम रहने शेयरधनीले लाभांश पाउनेछन् ।

अहिले १ अर्ब २ करोड ७२ लाख रुपैयाँ चुक्ता पूँजी रहेको हिमालयन जनरल इन्स्योरेन्सको बोनसपछि १ अर्ब ७ करोड ८५ लाख रुपैयाँ पुग्नेछ ।

प्रकाशित मिति: १४ चैत २०७६, शुक्रबार  १० : ५६ बजे