भारतको आर्थिक वृद्धि २.५ प्रतिशतमा सीमित हुने

0
Shares

ग्लोबल क्रेडिट रेटिङ्ग एजेन्सी मुडीजले आर्थिक वर्ष सन् २०२० मा भारतको आर्थिक वृद्धिदर २.५ प्रतिशतमा सीमित रहने अनुमान गरेको छ। यसभन्दा अघि मुडीजले नै भारतको आर्थिक वृद्धि ५.३ प्रतिशत हुने अनुमान गरेको थियो।

कोरोना भाइरसको कारणले विश्वभर आजतजावत नै रोक लगाएको अवस्था छ । यसले आर्थिक गतिविधिमा असर पुर्याएको छ । आर्थिक गतीविधिमा कारोना भाइरसको ठुलो असर रहेको हुनाले भारको आर्थिक वृद्धिदर २.५ मा सीमित हुने अनुमान मुडीजले गरेको हो ।

आर्थिक वर्ष सन् २०१९ मा भारतको आर्थिक वृद्धि ५ प्रतिशत हुने आंकलन गरिएको छ । भारतीय रिजर्भ बैंकले समयभन्दा अघि नै मौद्रिक नीति सार्वजनिक गर्दै ब्याजदरमा उच्च कटौति गरेको छ । तर, आर्थिक वृद्धिदर र मुल्य वृद्धिको सन्दर्भमा केही खुलाएको छैन।

रिजर्भ बैंकले शुक्रबार मौद्रिक नीतिमा केही हेरफेर गरेको भएपनि आर्थिक वृद्धि र मूल्यवृद्धि दरको विषयमा भने मौन रहेको छ । आर्थिक वृद्धि तथा मूल्यवृद्धिको तथ्याङ्क कोरोना भाइसरको संक्रमणको असर कस्तो मात्रामा रहन्छ भन्ने कुराले निर्धारण गर्ने आरबीआईले जनाएको छ।

प्रकाशित मिति: १४ चैत २०७६, शुक्रबार  १८ : ५७ बजे