विश्वव्यापी महामारीसंग जुध्न परिसंघको सहयोग जारी

0
Shares

नेपाल उद्योग परिसंघले नोवल कोरोना भाइरस संक्रमण प्रकोप नियन्त्रण गर्ने प्रयासमा सघाउने कार्यलाई निरन्तरता दिएको छ ।

परिसंघ अध्यक्ष सतिशकुमार मोरले आज स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई नोवल कोरोना भाइरस संक्रमणको उपचारको क्रममा स्वास्थ्यकर्मिले प्रयोग गर्ने निजी सुरक्षा उपकरण (पिपिई) थान १०० तथा ७५ हजार थान मास्कहरु हस्तान्तरण गरे ।

हाल विदेशबाट आयात गरिएका तथा नेपालमै निर्मित सामानहरु उपलब्ध गराईएको र निकट भिवष्यमै विदेशबाट सामान आयात गरि थप आवश्यक सामग्रिहरु समेत उपलब्ध गराउने उनले जानकारी गराए ।

अध्यक्ष मोरले स्वास्थ्य संकटको यो घडीमा संक्रमणको रोकथाममा पहिलो पंतिमा रहने स्वास्थ्यकर्मीको सुरक्षा र हौसला बढाउन सवैमा अपिल समेत गरे । हस्तान्तरणका अवसरमा परिसंघका वरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवाल, उपाध्यक्षहरु राजेश अग्रवाल, सुलभ अग्रवाल समेत सहभागीता थियो ।

स्वास्थ्यकर्मिले प्रयोग गर्ने निजी सुरक्षा उपकरण हरु मित्र राष्ट्रहरुमा संकलन गरि आयातको व्यवस्था मिलाई रहेको तथा मास्क नेपालमै उत्पादन भई रहेको परिसंघले जनाएको छ ।

त्यस्तै संकटको यस घडीमा सवैलाई संयमित हुन र सरकारले जारी गरेका सवै निर्देशनको पालना गर्न समेत अनुरोध गरेको छ ।