प्रभु बैंकले आइतबार १७ शाखा कार्यालयबाट सेवा दिने

0
Shares

सरकारले गरेको लकडाउनको छैटौं दिन चैत १६ गते आइतबार निजी क्षेत्रको प्रभु बैंक (PRVU) ले १७ शाखा कार्यालयल मार्फत आफ्ना ग्राहकलाई बैंकिङ्ग सेवा उपलब्ध गराउने भएको छ। साथै बैंकले यस समयमा ग्राहकहरुलाई घरमै बसि डिजिटल बैंकिङ्ग (मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग तथा एटिएम) प्रयोग गरि कारोबार गर्न समेत आग्रह गरेको छ।  

बैंकले बिहान ११ बजेदेखि १ बजेसम्म दुई घण्टाकाउन्टर खुला गरि सेवा प्रदान गर्ने भएको हो। यसका लागि बैंकले खुला हुने शाखा र स्थान, सम्पर्क व्यक्ति र मोबाइल नम्बर उपलब्ध गराएको छ।

बैंकका अनुसार आज प्रदेश नम्बर १ का पाँच शाखा, प्रदेश नम्बर २ का १ शाखा, वाग्मती प्रदेशका पाँच शाखा, गण्डमी प्रदेशका एक शाखा, प्रदेश नम्बर ५ का तीन शाखा, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक।एक शाखा खुला गर्ने जनाएको हो।