सिआरआर तीन प्रतिशतमा सीमित


नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले कायम गर्नुपर्ने अनिवार्य नगद मौज्दात (सीआरआर) ३ प्रतिशतमा झारेको छ ।

महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण बैंक वित्तीय संस्थालाई तरलता प्रवाहमा सहज होस् भनेर सीआरआर घटाएको केन्द्रीय बैंकले जनाएको छ ।

केन्द्रीय बैंकले आइतबार निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरेको हो । यसभन्दा अघि “क”, “ख” र “ग” वर्गका वित्तीय संस्थाले कुल निक्षेप दायित्वको ४ (चार) प्रतिशत अनिवार्य मौज्दात वापत यस बैंकमा राख्नुपर्ने थियो ।

यस व्यवस्था बमोजिम कायम गर्नुपर्ने अनिवार्य नगद मौज्दातको न्यूनतम ७० प्रतिशत रकम दैनिक रुपमा यस बैंकमा राख्नुपर्ने व्यवस्था केन्द्रीय बैंकले गरेको थियो।