प्रभु बैंकले आज ३८ शाखा मार्फत सेवा दिने

0
Shares

सरकारले गरेको लकडाउनको दशौं दिन चैत २० गते बिहीबार निजी क्षेत्रको प्रभु बैंक (PRVU) ले ३८ शाखा कार्यालयल मार्फत आफ्ना ग्राहकलाई बैंकिङ्ग सेवा उपलब्ध गराउने भएको छ।

बैंकका अनुसार आज प्रदेश नम्बर १ का ४ शाखा, प्रदेश नम्बर २ का ६ शाखा, वाग्मती प्रदेशका १४ शाखा, गण्डकी प्रदेशका ४ शाखा, प्रदेश नम्बर पाँचका ६ शाखा, कार्णली प्रदेशका २ शाखा र सुदूर पश्चिम प्रदेशका २ शाखा कार्यालय खुला गर्ने जनाएको हो।

बैंकले बिहान ११ बजेदेखि १ बजेसम्म दुई घण्टाकाउन्टर खुला गरि सेवा प्रदान गर्ने भएको हो। यसका लागि बैंकले खुला हुने शाखा र स्थान, सम्पर्क व्यक्ति र मोबाइल नम्बर उपलब्ध गराएको छ।