ग्लोबल आईएमई बैंकको ४४ शाखा खुला (सूची सहित)

0
Shares

वाणिज्य बैंकरुमध्ये सबैभन्दा धेरै चुक्ता पूँजी रहेको ग्लोबल आईएमई बैंकले लकडाउनको दशौं दिन चैत २० गते बिहीबार ४४ वटा शाखा कार्यालयल मार्फत आफ्ना ग्राहकलाई बैंकिङ्ग सेवा उपलब्ध गराउने भएको छ।

बैंकका अनुसार आज प्रदेश नम्बर १ का ५ शाखा, प्रदेश नम्बर २ का ६ शाखा, वाग्मती प्रदेशका ११ शाखा, गण्डकी प्रदेशका ३ शाखा, प्रदेश नम्बर पाँचका १० शाखा, कर्णाली प्रदेशका ६ शाखा र सुदूर पश्चिम प्रदेशका ३ शाखा कार्यालय खुला गर्ने जनाएको हो।

बैंकले बिहान ११ बजेदेखि १ बजेसम्म दुई घण्टा काउन्टर खुला गरि सेवा प्रदान गर्ने भएको हो। यसका लागि बैंकले खुला हुने शाखा र स्थान, उपलब्ध गराएको छ।

साथै बैंकले लकडाउनको समयमा ग्राहकहरुलाई घरमै बसि डिजिटल बैंकिङ्ग (मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग तथा एटिएम) प्रयोग गरि कारोबार गर्न समेत आग्रह गरेको छ।