लक्ष्मी क्यापिटलको तेस्रो म्युचुअल फण्ड ‘लक्ष्मी उन्नति कोष’ संचालनमा आउने

0
Shares

लक्ष्मी क्यापिटल लिमीटेडको व्यवस्थापनमा तेस्रो म्युचुअल फण्ड ‘लक्ष्मी उन्नति कोष’ संचालनमा आउने भएको छ । लक्ष्मी क्यापिटलले ८० करोडको फण्ड संचालन गर्नका लागि धितोपत्र बोर्डमा आवेदन गरेको छ ।

कम्पनीले १० रुपैयाँ प्रति इकाई दरका ८ करोड इकाई बिक्री गर्नेछ । बोर्डबाट स्वीकृति भएपछि सो फण्डका इकाईहरुको बिक्री खुल्ला गरिनेछ ।

हाल लक्ष्मी क्यापिटल अन्र्तगत लक्ष्मी भ्यालु फण्ड र लक्ष्मी इक्वीटी फण्ड संचालन गरी २ वटा म्युचुअल फण्ड संचालनमा छन् ।

पाँच वर्षे अवधिको लक्ष्मी भ्यालू फण्ड १, ७ वर्षे लक्ष्मी इक्वीटी फण्ड संचालना रहेका छन् । भ्यालू फण्डको आकार ५० करोड छ भने इक्वीटी फण्ड १ अर्ब २५ करोडको हो ।