समाचार हटाइएको विषय हामीसँग सम्बन्धित छैन – इसेवा


मोबाइल वालेट तथा डिजिटल भुक्तानी सेवाप्रादायक इसेवा फोन पे प्रालिले काठमाडौं प्रेस डटकमबाट समाचार हटाइएको सम्बन्धनमा आफ्नो कुनै पनि सम्बन्ध नभएको प्रष्टिकरण दिएको छ ।

काठमाडौं प्रेसमा प्रकाशित एक समाचार वेबसाइट डेभलपर कम्पनीले हटाएको भन्दै इसेवाई पनि जोडेर समाजिक सञ्जालमा आलोचना भइरहेको विषयप्रति कम्पनीले ध्यानाकर्षण भएको जनाएको छ ।

‘विगत केही दिनदेखि एउटा समाचार पोर्टलको न्यूज हटाइएको विषयमा इसेवालाई मुछेर निरन्तर प्रहार गर्ने कार्य विरुद्ध हामी खेद प्रकट गदछौँ । समाचार हटाइएको भनिएको अनलाइन पोर्टल र इसेवाको कुनै सम्बन्ध नरहेको अवस्थामा नियोजित रुपमा इसेवा माथि निरन्तर प्रहार गर्ने कार्य कुनै किसिमले न्यायोचित छैन’ विज्ञप्तिमा भनिएको छ ।

नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त र नियमन भएको कम्पनी भएको जनाउँदै इसेवाले कम्पनीको संरचना, प्रविधि तथा सेवाहरु नेपाल राष्ट्र बैंकको नियमन तथा सुपरिवेक्षणमा रहेकाले ग्राहकहरुले सुरक्षाको कुनै पनि चिन्ता गर्न नपर्ने जनाएको छ ।

‘इसेवाले ग्राहकलाई भुक्तानी सेवा दिने हुनाले यसको लागि आवश्यक पर्ने प्रविधि तथा व्यवस्थापन प्रणाली सुरक्षित राख्न अत्यन्त संवेदनशील र प्रतिवद्ध छौँ । कम्पनीको गोपनियता नीति तथा प्रयोगका शर्तहरु वेवसाइटमा उल्लेख गरेका छौँ र यसको अक्षरसः पालना गरेका छौँ’ इसेवाले भनेको छ ।

प्रकाशित मिति: २२ चैत्र २०७६, शनिबार  ०९ : ५० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।