आम्दानीको आधारमा कर, तिर्न अटेरी गर्नेलाई बाध्यात्मक बनाउन सुझाव

0
Shares

करतिर्न अटेरी गर्ने करदाताहरुलाई कानूनी दायरामा आउन बाध्यत्मक पार्ने अभियान चलाउन पर्ने सुझाव सरोकारवालाले दिएका थिए । वीरगन्ज महानगरपालिकाले आगामि आर्थिक बर्षको बजेटबारे सरोकारवालाहरुसगं गरेको छलफलका सहभागिले करको दायरा बढाउनुपर्नेमा जोड दिए ।

सो कार्यक्रममा बोल्दै वीरगन्ज उधोगवाणिज्य संघका पुर्वअध्यक्ष गणेशलाठ,अशोक बैद्य,बरिष्ट उपाध्यक्ष सुबोध गुप्तालगायतका पदाधिकारीले महानगरपालिकाबाट प्रदान गरिने नक्सापास,घरबहालकर,व्यवसायकर लगायतका कर असुली प्रणालीको दायरालाई बढाउदै करअसुलीलाई अझ प्रभावकारी बनाउन विभिन्न सुझाव दिए ।

यसैगरी प्रदेश सभा सदस्य करिमा बेगम,भिमा यादव,प्रदेश नम्बर २का योजना आयोगका सदस्य मोहन लाल चौधरी,नेपाली कांगे्रसका पर्सा जिल्ला सभापति एवम पुर्व सभासद अजय द्धिवेदी,नेपाल कम्युनिष्ट पार्र्टीका पर्सा जिल्ला अध्यक्ष प्रभुहजर,समाजवादी पार्टि नेपाल पर्साका सहइन्चार्ज रामनरेश यादव लगायतका नेताहरुले सम्पतिको मुल्याकंन भन्दा पनि आम्दानीको आधारमा कर निर्धारण गर्न सुझाव दिए । महानगरपालिकाको बिकासको लागी सबै दल तथा जनप्रतिनिधिहरु एक भएर जानुपर्ने बर्तमानको आवश्यकता रहेको धारणा समेत सहभागी नेताहरुले व्यक्त गरेका थिए ।

कार्यक्रममा बोल्दै नगर प्रमुख बिजय कुमार सरावगीले वीरगन्ज महानगरपालिकाको आर्थिक अवस्थाबारे जानकारी गराउदै संघीय सरकारले समयमै कर्मचारी समयोजनको कार्य नगरेको कारण विगतको २० महिनामा अपेक्षाकृत उपलब्धी हासिल हुन नसकोको बताए ।

उनले संघ र प्रदेश सरकारको स्थानिय सरकारसगंको समन्वय भूमिकाका कमिले एउटै स्थानमा तिनैवटै निकायबाट बजेट निकासा भएका कारण करोडौ रुपैया फ्रिज हुने अवस्था रहेकोमा दुखेसो व्यक्त गरे ।

सोमबार दिउसो वीरगन्ज महानगरपालिकाको सभाकक्षमा सम्पन्न भएको आर्थिक बर्ष ०७६/०७७को बजेट निर्धारणबारे सरोकारवालाहरुसगं छलफल भएको हो ।नगर प्रमुख विजय कुमार सरावगीको अध्यक्षतामा सम्पन्न भएको पुर्वबजेट छलफल कार्यक्रममा प्रदेश सभाका सदस्य एवम योजना आयोगका सदस्य, वीरगन्ज उधोगवाणिज्य संघका पदाधिकारी ,उधोगपति,व्यापारी तथा विभिन्न दलका प्रतिनिधिहरुको उपस्थिती रहको थियो ।