राष्ट्र बैंकद्वारा २३ अर्ब पुनरकर्जा लगानी

0
Shares

नेपाल राष्ट्र बैंकले २३ अर्ब ६ करोड रकम पुनरकर्जाको रुपमा लगानी गरेको छ । उत्पादनशील क्षेत्रतर्पm कर्जा लगानी तथा निर्यात विस्तारमा समेत सहयोग पु¥याउने उद्देश्यले बैंकले सहुलियत दरमा प्रदान गर्ने कर्जाको उपयोग बढेको हो ।

केन्द्रीय बैंकले हालै सार्वजनिक गरेको चालू आर्थिक वर्षको नौ महीनाको अवधिमा पुनरकर्जाको उपयोग गर्नेको सङ्ख्यामा वृद्धि भएको उल्लेख गरेको छ।

बैंकका अनुसार साधारण पुनरकर्जा १८ अर्ब ९७ करोड र निर्यात पुनरकर्जा एक अर्ब ४९ करोड उपयोग भएको छ । यस्तै गत चैत मसान्तसम्ममा भूकम्प पीडितलाई आवासीय घर निर्माणको लागि दुई अर्ब ५८ करोड रकम प्रदान गरिएको छ । त्यस्तो कर्जा एक हजार ५७७ ऋणीले उपभोग गरेका छन् । नेपाल सरकारबाट पाँच प्रतिशत ब्याज अनुदानमा प्रवाह गरिने कृषि तथा पशुपक्षी व्यवसाय कर्जा लिनेको सङ्ख्यामा १४ हजार ६३९ पुगेको छ ।

सो कार्यक्रम अन्तर्गत २५ अर्ब १८ करोड कर्जा बक्यौता रहेको छ भने ९८ करोड २२ लाख ब्याज अनुदान प्रदान गरिएको छ । सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५ मा व्यवस्था भएका अन्य क्षेत्रतर्फ १३ करोड ६४ लाख कर्जा बक्यौता रहेको छ ।

यस्तै चालू आवको नौ महीनामा वाणिज्य बैंकहरुले ११ खर्ब ६५ अर्ब र अन्य वित्तीय संस्थाले एक खर्ब ९९ अर्ब ३३ करोडको अन्तर–बैंक कारोवार गरेका छन् । अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंक र अन्य वित्तीय संस्थाहरुले क्रमशः आठ खर्ब ८२ अर्ब ८७ करोड र २७ अर्ब ४१ करोड कारोवार गरेका थिए।