ग्रीनल्याण्ड ‘ग्रीन जोन’ मा उक्लियो, २४ दिनमा पूरै देश कोरोना संक्रमणमुक्त

0
Shares

विश्व महामारी कोरोना संक्रमणबाट दिनप्रतिदिन  संसारभर लाखौंको संख्यामा नयाँ संक्रमित बढीरहेका छन् भने दशौं हजारको संख्यामा यस रोगबाट मृत्यु भैरहेको अवस्था छ। 

यसैबीच विश्वभरको २११ देशमा कोभिड १९ को संक्रमण फैलिएकामा १८० औं स्थानमा रहेको ग्रीनल्याण्डमा भने बुधबारसम्ममा सबै संक्रमितलाई कोरोना संक्रमण निको भएको छ।

यस देशले आफ्नो देशमा कोभिड १९ को संक्रमण भएका ११ जनालाई नै निको पारेर ‘ग्रीन जोन’ मा उक्लिएको छ। जबकी महाशक्तिराष्ट्र  अमेरिका र इटाली यस रोगबाट सबैभन्दा धेरै प्रभावित बनिरहेका छन्।

कोरोनाको लाईभ अपडेट राख्ने अमेरिकी वेवसाइट वल्डोमिटरका अनुसार ग्रीनल्याण्डमा कूल ७७० वटा कोभिड १९ को परिक्षण भएको हो। जसमध्ये सो देशमा ११ जना व्यक्तिमा पोजेटिभ देखिएकोमा बुधबारसम्ममा सबैलाई निको भएर घर फर्किसकेका हुन्।

यस देशमा मार्च १६ मा पहिलो व्यक्तिमा कोभिड १९ को संक्रमण पुष्टि भएको थियो। यस्तै १८ मा थप १ वटा, २२ मा २ वटा, २४ मा १ वटा, २५ मा १ वटा, २७ मा ४ वटा, र अप्रिल ४ तारिखमा थप १ जनामा कोरोाना पुष्टि भएको थियो।

पहिलो संक्रमण भेटिएको २४ दिनमा नै यस देशले आफ्नो देशलाई पूरै कोरोना संक्रणमुक्त पारेको हो। यस देशले कुनै व्यक्तिको मृत्यु नभइकन कोरानालाई परास्त गर्न  सकेको हो। 

बिहीबार दिउँसो २ बजेसम्ममा विश्वभरमा ८८ हजार ५७० जनाको कोभिड १९ बाट ज्यान गएको छ भने कूल संक्रमित संख्या १५ लाख २१ हजार नाघेको छ। यस्तै यस अवधिमा ३ लाख ३१ हजार बढी निको भएर घर फर्किँदा ११ लाख १ हजार बढीम यो संक्रमण कायम नै रहेको छ।

जसमध्ये ४८ हजार मानिसको अवस्था संवेदनशिल रहेको छ भने १० लाख ५३ हजारको अवस्था सामान्य रहेको वल्डमिटरले उल्लेख गरेको छ।

  • ग्रीनल्याण्ड कस्तो देश हो ?

ग्रीनल्याण्ड २१ लाख ७० हजार वर्गकिलोमिटरमा फैलिएको विश्वको सबैभन्दा ठूलो टापु हो। जहाँ ५७ हजार मात्र बसोबास गर्दछन्। किम किल्सेन प्रधानमन्त्री रहेका उक्त देशको औसत आयु ६८ वर्ष र मुख्य भाषा ग्रीनल्याडिक र डेनिस रहेको छ। यहाँ डेनिस क्रोन मुद्रा प्रचलनमा रहेको छ।

ग्रीनल्याण्ड डेनिस आश्रित क्षेत्र अन्तर्गत सीमित स्वशासित र आफ्नै संसद एक स्वायत्त देश हो। जुन देशमा डेनमार्कले कूल बजेट राजस्वको दुई तिहाई योगदान र्पुयाउँछ, बाँकी तेल, ग्यास र दुर्लभ पृथ्वी खनिज भण्डार सम्भावित फर्महरुबाट संकलन हुने गरेको छ।

यस देशमा प्रत्येक वर्षको दुई महिनाको लागी मात्र सूर्यको प्रकाशको आनन्द लिन सकिन्छ । टापुको ८० प्रतिशतभन्दा बढी स्थानहरुमा ४ फिट बाक्लो हिउँले ढाकिएको हुन्छ।

विश्वब्यापी तापमान बढ्दा दैत गतिमा हिउँ पग्लिसक्ने डर छ भने यसले अर्कोतर्फ ग्रीनल्याण्डको खनिज स्रोतमा पहुँच पनि बढाएको छ।

शीत युद्धको सुरूवातमा थुलेमा रडार बेस स्थापना गरेको संयुक्त राज्य अमेरिकाले लामो समयदेखि ग्रीनल्याण्डलाई रणनीतिक रूपमा महत्त्वपूर्णको रूपमा हेरेको छ।

प्रकाशित मिति: २७ चैत २०७६, बिहीबार  १४ : १९ बजे