क्लिन्टन प्रकरणमा जोडिएकी लिन्डा ट्रिपको निधन

0
Shares

अमेरिकी पूर्व राष्ट्रपति बिल क्लिन्टन र ह्वाइट हाउसकी इन्टर्न मोनिका लेविन्स्कीबीचको संवाद गोप्य रुपमा रेकर्ड गरेर चर्चामा आउनु भएकी लिन्डा ट्रिपको ७० वर्षको उमेरमा बुधबार क्यान्सर रोगबाट निधन भएको छ । यही रेकर्ड काण्डका कारण क्लिन्टन विरुद्ध सन् १९९८ मा संसदमा महाभियोग लगाइएको थियो ।

लिन्डाको मृत्युका बारेमा वकील जोसेफ मर्थाले जानकारी दिनु भएको थियो । तर उनले मृत्युका बारेमा थप विवरण दिन अस्वीकार गरे।

सन् १९९४ को अगस्टमा लिन्डा ट्रिप अमेरिकी रक्षा मन्त्रालय पेन्टागनमा सार्वजनिक मामिला विज्ञका रुपमा नियुक्त भएका थिए । त्यहीबखत लेविन्स्की पनि ह्वाइट हाउसमा इन्टर्नका रुपमा कार्यरत थिइन् । त्यही सिलसिलामा दुबैबीच मित्रता कायम भएको थियो ।

ट्रिपले लेविन्स्कीसँगका गोप्य कुराहरु रेकर्ड गरेका थिए । कुराकानीका क्रममा लेविन्स्कीले राष्ट्रपति क्लिन्टनसँग आफ्नो प्रेम सम्बन्ध रहेको बताउनु भएको थियो । ट्रिपले लेविन्स्कीसँगको २० घण्टाभन्दा बढी समयको टेप राष्ट्रपतिको मामिलाको अनुसन्धान गरिरहेका वकील केनेथ स्टारलाई दिएका थिए । यही अनुसन्धानका आधारमा क्लिन्टनमाथि महाभियोग लागेको थियो ।

प्रकाशित मिति: २७ चैत २०७६, बिहीबार  १८ : १९ बजे