तिनाउ, मिसन र कम्युनिटी मर्ज भएर राष्ट्रियस्तरको विकास बैंक बन्ने


तिनाउ मिसन डेभलपमेन्ट बैंकसँग नेपाल कम्युनिटी डेभलपमेन्ट बैक पनि गाभिने भएको छ । मिसन डेभलपमेन्ट बैक र तिनाउ विकास बैंक एक आपसमा गाभिएपछि बन्ने तिनाउ मिसन डेभलपमेन्ट बैंकसँग नेपाल कम्युनिटी डेभलपमेन्ट बैक गाभिइ राष्ट्रिय स्तरको विकास बैंक बन्ने भएको हो ।
केही समय अघि मिसन डेभलपमेन्ट बैक र तिनाउ विकास बैंक एक आपसमा गाभिने सम्झौता गरिसकेका छन । मंगलबार तिनाउ र मिसनको मर्जपछि बन्ने तिनाउ मिसन डेभलपमेन्ट बैंकसँग नेपाल कम्युनिटी डेभलपमेन्ट बैक पनि गाभिने सम्झौता भएको हो ।

तिनाउ मिसन डेभलपमेन्ट बैंकसँग नेपाल कम्युनिटी डेभलपमेन्ट बैकले गाभ्ने र गाभिने तथा प्राप्ती विनियमावली बमोजिम जेठ ७ गते मंगलबार सम्झौता भएको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ । नेपाल कम्युनिटी पनि मर्जर प्रकृयामा सहभागि हुने भएपछि जेठ ८ गते बुधबार देखि कारोबार रोक्का गरिएको छ ।

तिनाउ विकास बैंक र मिसन डेभलपमेन्ट बैंकले गाभ्ने र गाभिने तथा प्राप्ती विनियमावली बमोजिम हस्ताक्षर गरेपछि दुबै बैंकको गत चैत ४ गते देखि शेयर कारोबार भएको छैन । हाल मिसनको ५७ करोड ६४ लाख, तिनाउको ५६ करोड ७७ लाख र नेपाल कम्युनिटीको ५३ करोड १६ लाख रुपैयाँ चुक्ता पूँजी कायम छ ।