नेपाल लाइफको बीमा शुल्क connect IPS बाट भुक्तान गर्न सकिने


नेपाल लाइफ इन्स्योरेन्सले बीमा शुल्क (प्रिमियम) संकलन गर्न कनेक्ट आईपीएस प्रणालीलाई पनि थप गरेको छ ।

विभिन्न किसिमका डिजिटल पेमेण्टबाट बीमा शुल्क भुक्तानी गर्ने सुविधा दिँदै आएकोमा अब कनेक्ट आईपीएस पनि थप गरिएको हो ।

कनेक्ट आईपीएसमा आवद्ध कुनै पनि बैंकको खाता मार्फत घरमै बसी बसी आप्mनो बीमा शुल्क भुक्तानी गर्न सकिने नेपाल लाइपले जनाएको छ ।

कम्पनीको शाखा तथा उपशाखा कार्यालयमा गई प्रिमियम भुक्तानी गर्दै आएका सेवाग्राहीहरुले अब सहज र सरल रुपमा कनेक्ट आईपीएसबाट रकम भुक्तान गर्न सकिन्छ । यसबाट समयको बचत हुनुका साथै अहिलेको परिस्थितीमा भौतिक रुपमा उपस्थित भएर रकम भुक्तानी गर्नु पर्ने झण्झटबाट छुटकारा मिल्नेछ ।

नेपाल लाइफले आप्mना सेवाग्राहीहरुलाई समय सापेक्ष प्रविधिमैत्री सेवा प्रवाह गर्दै आइरहेको छ । यस अघि नै नेपाल लाइफको प्रिमियम इसेवा, प्रभु पेबाट भुक्तान गर्न सकिने व्यवस्था भैसकेको छ । यसका अलावा फोन पे मार्फत आप्mनो बैंक खाता कनेक्ट गरी नेपाल इन्भेष्टमेण्ट बैंकको इन्टरनेट बैैकिङबाट भुक्तान गर्न सकिन्छ । अन्य डिजिटल पेमेण्ट सिष्टमबाट पनि रकम भुत्तःमनीको व्यवस्था गर्दै जाने नेपाल लाइफद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।