‘सिटिजन्स एक्ट्रा फिक्स डिपोजिट’ निक्षेप योजना सार्वजनिक

0
Shares

बैंकले आफनो १३ औं वार्षिकोत्सव को उपलक्ष्यमा “सिटिजन्स एक्ट्रा फिक्स डिपोजिट” निक्षेप योजना सार्वजनिक गरेको छ । यस निक्षेप योजना अन्तर्गत ३ महीना देखि १० वर्ष सम्मको अवधिको निक्षेप जम्मा गर्न सकिन्छ।

यस योजना १ लाखको न्यूनतम मौज्दातमा खोल्न सकिने र वार्षिक ८.२५ प्रतिशत व्याजदर उपलब्ध हुनेछ ।

शाखा प्रबन्धकले उक्त व्याजदरमा ०.५० प्रतिशत व्याजदर सम्म थप गर्न सक्नेछन् । यस निक्षेप योजना अन्तर्गत व्यक्तिगत मुद्धति खाता खोल्नुुहुने गा्रहक महानुभावहरूले मुद्धति खाताबाट आर्जित व्याजमा समेत मुद्धति खाता बराबरकै ८.२५ प्रतिशत व्याजदर पाउन सक्नेछन् ।

यो निक्षेप योजना बैंकका सम्पूर्ण शाखा कार्यालयहरूबाट उपलब्ध हुने बैंकले जनाएको छ।