राहत प्याकेज घोषणाले भारतीय शेयर बजारमा सुधार

0
Shares

भारतीय शेयर बजारमा सुधार आउने क्रम यो साताको सोमबार पनि कायम रहेको छ । गत साता देखि सुधारको गतीमा रहेको भारतीय शेयर बजार यो साताको पहिलो कारोबार दिन सोमबार पनि वढेको हो ।

सोमबार कारोबार सुरु हुदाँ उच्च अंकले सुधारको गतिमा देखिएको भारतीय शेयर बजार सूचकहरु अन्तिम समयमा आएर सुस्त भएको थियो । सोमबार बम्बई स्टक एक्सचेन्ज सूचक सेनसेक्स ५९ अंकले मात्र वढेको छ भने नेशनल स्टक एक्सचेन्ज निफ्टी ३ अंकले घटेर बन्द भएको छ ।

सोमबारको कारोबार पछि सेनसेक्स ३१६४८ अंकमा पुगेको छ भने निफ्टी ९२६३.५० अंकमा झरेको छ । सोमबार एचडीएफसी बैंकको शेयर मूल्य ४ प्रतिशतसम्मले वढेको छ । त्यसैगरी सरकारी बैंक र आइटी क्षेत्रका कम्पनीको शेयर र रियालीटी क्षेत्रका कम्पनीको शेयर मूल्यमा सुधार आएको छ ।

सोमबार भारत सरकारले लकडाउनलाइ केही खुकुलो बनाएको अवस्था छ ।निमार्ण क्षेत्रका कम्पनीमा सरकारले दिएको छुटका कारण आगामी दिनमा यी क्षेत्रका कम्पनीको शेयर मूल्यमा सुधार आउन सक्ने बताइएको छ । गत शुक्रबार अमेरिकी शेयर बजारमा उच्च अंकको सुधार आएको भएपनि सोमबार एशियाली बजार कतै घटेको छ भने कतै वढेको छ ।

रिजर्भ बैंक अफ इण्डिया(आरविआइ)ले कोरोना भाइरसका कारण अस्तव्यवस्थ भएको भारतीय अर्थतन्त्रलाइ बचाउन ५० हजार करोडको राहत प्याकेज घोषण गरेसंगै धितोपत्र बजारमा सुधार आएको थियो । आरविआइले वित्तीय क्षेत्रलाइ लक्षीत गरेर ल्याएको राहत प्याकेको घोषणसंगै शुक्रबार शेयर बजार खुल्दा उच्च अंकको सुधार देखिएको थियो ।

प्रकाशित मिति: ९ वैशाख २०७७, मंगलबार  ०७ : ३१ बजे