राष्ट्र बैंकले माग्यो ५ करोड भन्दा बढी ऋण लिनेको विवरण

0
Shares

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूसँग ५ करोड रुपैयाँ वा सोभन्दा बढी ऋण लिने ग्राहकको विवरण मागेको छ।

केन्द्रीय बैंकले वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीलाई ५ करोडभन्दा बढी कर्जा लिने ग्राहकको विवरण मागेको हो।

उक्त तीन वर्गका वित्तीय संस्थाहरूले जेठ १५ गतेसम्ममा विवरण उपलब्ध गराउनुपर्नेछ। विश्वव्यापी रूपमा फैलिएको (कोभिड-१९) को प्रभाव मूल्याङ्कन र अध्ययनसमेतको लागि विवरण मागिएको हुन सक्ने अनुमान गरिएको छ।

यसअघि केन्द्रीय बैंकले लकडाउनपछि अवरुद्ध भएको ‘रिपोर्टिङ’ पहिलेजस्तै हरेक दिन गर्न बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको थियो।

बैंक तथा वित्तीय संस्थालाई नियमित रिपोर्टिङ गर्न राष्ट्र बैंकको निर्देशन