आरडीटी र पीसीआर विधिबाट नमुना परीक्षण तीब्र बनाइँदै, ३६ हजार ७१९ वटा परीक्षण सम्पन्न

0
Shares

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले सोमबारसम्म रियल टाइम पोलिमरेज चेन रियाक्सन (पीसीआरर्) यापिड डाइग्रोस्टिक टेस्ट (आरडीटी) दुबै गरि सबै ७७ वटै जिल्लामा कूल ३६ हजार ७१९ वटा परीक्षण भैसकेको जनाएको छ। जसमध्ये पीसीआर विधिबाट कूल ८ हजार ७६३ वटा र आरडिटी विधिबाट कूल २७ हजार ९५६ वटा परीक्षण भएका हुन्।

सोमबार मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा। विकास देवकोटाले गत २४ घण्टामा ३ हजार १४१ वटा नमुना परिक्षण भएको जानकारी दिए। जसमध्ये पीसीआर विधिबाट ३३३ वटा र आरडिटी विधिबाट २ हजार ८०८ वटा परीक्षण भएको हो।

उनले प्रदेश नम्बर १ मा २ हजार ६२० वटा, प्रदेश नम्बर २ मा १ हजार ५९८ वटा, वाग्मती प्रदेशमा ५ हजार १५७ वटा, गण्डकी प्रदेशमा ४ हजार १८३ वटा, प्रदेश नम्बर ५ मा २ हजार ४८३ वटा, कर्णाली प्रदेशमा ३ हजार ७३८ वटा र सुदूर पश्चिम प्रदेशमा ६ हजार १७७ वटा आरडिटी विधिबाट परीक्षण भैसकेको बताए।

मूलुकभर ७ हजार ६७ जनालाई क्वारिन्टाइनमा राखिएको र सम्भावित संक्रमित हुनसक्ने आशंकामा १०७ जना आइसोलेसनमा राखिएकोमा उपत्यकामा ६ जना र १०१ जना उपत्यकाका बाहिर रहेका समेत जानकारी दिए।

मन्त्रालयको २ वटा कल सेन्टरहरु १११५ र ११३३ बाट गत २४ घण्टामा २ हजार १८५ वटा जिज्ञासा सामाधान गरिएको छ। यस्तै गण्डकी प्रदेशले १०९२ र सुदूर पश्चिम प्रदेशको ११४८ नम्बरको कल सेन्टर स्थापना गरेको छ। यी नम्बरमा फोन गरेर आफ्ना जिज्ञासा राख्न सकिन्छ।

स्वास्थ्य मन्त्रालयले सञ्चालनमा ल्याएको हाम्रो स्वास्थ्य मोबाइल एप र वेवपेजमा क्वारेन्टाइनमा बसेका व्यक्तिहरुले आफ्नो स्वास्थ्य स्थिति चेक गर्न सक्छन्। कोभिड १९ मोबाइल एप र वेवपेजमा आफ्नो स्वास्थ्यको स्वमूल्याङ्कन गर्नेको संख्या २१ हजार ५६६ पुगेको छ। गत २४ घण्टामा २७५ जनाले स्वमूल्याङ्कन फारम भर्दा ४ वटा गरि कूल २६७ जना रेड जोनमा परेका छन्। रेड जोनमा परेकाहरुलाई ट्रेसिङ्ग र नमुना परीक्षणको काम अगाडि बढाइएको मन्त्रालयले जनाएको छ।

 

प्रकाशित मिति: ९ वैशाख २०७७, मंगलबार  १७ : १५ बजे