समाजवादी पार्टी फुटको संघारमा

0
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दलसम्बन्धी नयाँ अध्यादेश ल्याए लगत्तै समाजवादी पार्टी फुटको संघारमा पुगेको छ।

सांसद रेणु यादव नेतृत्वमा ८ सांसदले पार्टी समाजवादी फुटाउन लागेका हुन् । नयाँ दल दर्ता गर्न ८ सांसदको हस्ताक्षर तयार भैसकेकाले नयाँ दल दर्ताको लागि निर्वाचन आयोगमा जाने तयारीमा रहेका स्रोतको दाबी छ। नयाँ दल दर्ता गर्न रेणु यादव सहित मोहम्मद इस्तियाक राइ, विमलप्रसाद श्रीवास्तव, कुलदेवी विश्वकर्मा, रुही नाज, लगायत रहेको छन्।

समाजवादी पार्टीबाट संसदमा प्रतिनिधित्व गर्ने कूल १६ जना (प्रतिनिधिसभा सदस्य १५ जना र राष्ट्रिय सभामा १ सदस्य) सांसद छन्। ८ जनाको हस्ताक्षर तयार भैसकेकाले संसदमा प्रतिनिधित्व गर्नेमध्येको ५० प्रतिशत पुग्छ।

राष्ट्रिपतिबाट जारी भएको राजनीतिक दल सम्बन्धित नयाँ अध्यादेशमा संसद या केन्द्रीय समिति जुनसुकैमा ४० प्रतिशत भए नयाँ पार्टी गठन सकिने प्रावधान रहेको छ। यस विद्येयक आएसँगै साना पार्टीमा यसले तरङ्ग नै ल्याएको छ।

संसदमा समाजवादी पार्टीको तर्फबाट उपेन्द्र यादव, डा. बाबुराम भट्टराई, मोहम्मद इस्तियाक राइ, राजेन्द्रप्रसाद श्रेष्ठ, उमाशंकर अरगरिया, कुलदेवी विश्वकर्मा, प्रदीप यादव, विमलप्रसाद श्रीवास्तव, रामबाबुकुमार यादव, रामसहाय प्रसाद यादव, रुही नाज, रेणुकुमारी यादव, रेणुका गुरुङ्ग, डा. सुरेन्द्रकुमार यादव, डा. सुर्यनारायण यादव र राष्ट्रिय सभामा प्रमिला कुमारीले प्रतिनिधित्व गर्दै आइरहेको छिन् ।

गत पुस ८ गते समाजवादी पार्टी सत्ताबाट बाहिरिएपछि ओली नेतृत्वको सरकारले दुई तिहाइ गुमाएको थियो। प्रधानमन्त्री ओली राष्ट्रपतिको अधिकार, प्रदेश संरचना र राष्ट्रिय सभाको भूमिका लगायत विषयमा संविधान संशोधन गर्ने योजनामा थिए ।

दुई तिहाइका लागि समाजवादी या राजपामध्ये एउटा दललाई सरकारमा ल्याउनुपर्ने हुन्थ्यो । त्यसैका लागि ओलीले सरकारमा दुई तिहाइको समर्थन जुटाउन राजनीतिक दल सम्बन्धित नयाँ अध्यादेशको सहारा लिएको जानकारहरु बताउँछन्।

प्रकाशित मिति: १० वैशाख २०७७, बुधबार  १० : ०८ बजे