कोरोना निको हुनेको संख्या ६ पुग्यो, धादिङका युवा पनि डिस्चार्ज हुँदै

0
Shares

धादिङका ३२ वर्षीय युवा कोरोना संक्रमणपछि निको भएका छन्। यो सँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या ६ पुगेको छ।

धादिङका ती युवालाई स्थानीय सरकारको समन्वयमा डिस्चार्ज गर्ने तयारी भइरहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुका निर्देशक डा सागरराज भण्डारीले बताए।

चैत ६ गते युएईबाट नेपालमा उनी चैत १० गते टेकु अस्पताल पुगेका थिए। ती युवालाई चैत १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो।

टेकु अस्पतालबाट नै यसअघि दुई जना निको भएर घर गइसकेका छन्। धनगढीस्थित सेती अस्पतालबाट दुई जना र बाग्लुङस्थित धौलागिरी अस्पतालबाट एक जना डिस्चार्ज भइसकेका छन्।

हालसम्म नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ४२ पुगेको छ । नेपालमा हालसम्म कोरोना भाइरस संक्रमण भएमध्ये ६ जना निको भएर घर फर्किसकेका छन भने अन्यको विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ । संक्रमितमध्ये पनि अधिकांस भारतीय नागरिकहरु रहेका छन्।

प्रकाशित मिति: १० वैशाख २०७७, बुधबार  १३ : ४८ बजे