देशभर कोरोना संक्रमितको संख्या ४५ पुग्यो, थप ३ मा पुष्टि, ७ जना निको भए

0
Shares

देशभर कोरोना संक्रमितको संख्या ४५ पुगेको छ । उदयपुरका थप तीन जनामा बुधबार कोरोना संक्रमण पुष्टि भएपछि कुल संक्रमितको संख्या ४५ पुगेको हो।

उदयपुरको भुल्केमा कोरोना संक्रमण देखिएपछि त्यहाँबाट संकलन गरी ल्याइएका स्वाब (नमूना) को राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको स्वास्थ्थ मन्त्रालयले जनाएको छ।

आज पोजेटिभ देखिने तिनै जना पुरुष भएको जनाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाका अनुसार २४, ६० र ७२ वर्षका पुरुषमा संक्रमण देखिएको हो ।

मन्त्रालयका अनुसार आज कोरोना संक्रमित दुई जना विरामी निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या ७ पुगेको छ। आज कैलालीबाट ४० बर्षिय पुरुष र धादिङका ३२ वर्षीय युवा डिस्चार्ज भएका हुन्।

हालसम्म नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ४५ पुगेको छ । नेपालमा हालसम्म कोरोना भाइरस संक्रमण भएमध्ये ७ जना निको भएर घर फर्किसकेका छन भने अन्यको विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ । संक्रमितमध्ये पनि अधिकांस भारतीय नागरिकहरु रहेका छन् ।

बुधबार थप २ जना अस्पतालबाट डिस्चार्ज, साँझसम्म थप एकको डिस्चार्ज हुने

स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनको भिडियो रेकर्ड