नेपालमा ४० हजार ४३१ वटा कोरोना परीक्षण सम्पन्न, ९५ जना आइसोलेसनमा

0
Shares

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले सोमबारसम्म रियल टाइम पोलिमरेज चेन रियाक्सन (पीसीआर) र यापिड डाइग्रोस्टिक टेस्ट (आरडीटी) दुबै गरि सबै ७७ वटै जिल्लामा कूल ४० हजार ४३१ वटा परीक्षण भैसकेको जनाएको छ। जसमध्ये पीसीआर विधिबाट कूल ९ हजार ११ वटा र आरडिटी विधिबाट कूल ३१ हजार ४२० वटा परीक्षण भएका हुन्।

सोमबार मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. विकास देवकोटाले गत २४ घण्टामा ३ हजार ७३६ वटा नयाँ नमुना परिक्षण भएको जानकारी दिए।

उनले प्रदेश नम्बर १ मा ३ हजार ९७ वटा, प्रदेश नम्बर २ मा ३ हजार ९२५ वटा, वाग्मती प्रदेशमा ५ हजार ९१५ वटा, गण्डकी प्रदेशमा ४ हजार २७२ वटा, प्रदेश नम्बर ५ मा २ हजार ५९६ वटा, कर्णाली प्रदेशमा ४ हजार ३०८ वटा र सुदूर पश्चिम प्रदेशमा ७ हजार ३०७ वटा आरडिटी विधिबाट परीक्षण भैसकेको बताए।

मूलुकभर ८ हजार ५९५ जनालाई क्वारिन्टाइनमा राखिएको र सम्भावित संक्रमित हुनसक्ने आशंकामा ९५ जना आइसोलेसनमा राखिएकोमा उपत्यकामा ३ जना र ९२ जना उपत्यकाका बाहिर रहेका समेत जानकारी दिए।

मन्त्रालयको २ वटा कल सेन्टरहरु १११५ र ११३३ बाट गत २४ घण्टामा २ हजार १४४ वटा जिज्ञासा सामाधान गरिएको छ। यस्तै गण्डकी प्रदेशले १०९२ र सुदूर पश्चिम प्रदेशको ११४८ नम्बरको कल सेन्टर स्थापना गरेको छ। यी नम्बरमा फोन गरेर आफ्ना जिज्ञासा राख्न सकिन्छ।

स्वास्थ्य मन्त्रालयले सञ्चालनमा ल्याएको हाम्रो स्वास्थ्य मोबाइल एप र वेवपेजमा क्वारेन्टाइनमा बसेका व्यक्तिहरुले आफ्नो स्वास्थ्य स्थिति चेक गर्न सक्छन्। कोभिड १९ मोबाइल एप र वेवपेजमा आफ्नो स्वास्थ्यको स्वमूल्याङ्कन गर्नेको संख्या २२ हजार ५२ पुगेको छ। गत २४ घण्टामा ४८६ जनाले स्वमूल्याङ्कन फारम भर्दा २ वटा गरि कूल २६९ जना रेड जोनमा परेका छन्। रेड जोनमा परेकाहरुलाई महाशाखा अन्तर्गत ट्रेसिङ्ग र नमुना परीक्षणको काम अगाडि बढाइएको मन्त्रालयले जनाएको छ।

यो एप्लिकेशन र वेवसाइटमा स्वमूल्याङ्कन बाहेक विश्व र नेपालमा कोभिड १९ बाट संक्रमित र मृत्यु हुनेको संख्या हेर्न सकिन्छ। आफ्नो वरिपरि र विदेशबाट फर्किएकाहरुको जानकारी लिन सकिन्छ र कोभिड १९ का बारेमा जनचेतनामूलक सामागैीहरु हेर्न पठ्न र सुन्न सकिन्छ।

यसैगरि आफ्नो नजिकमा रहेका कोभिड १९ का लागि अस्पतालहरु, प्रयोगशालाहरुको म्याप पनि हेर्न सकिन्छ।