राष्ट्र बैंकले आठ अर्बको विकास ऋणपत्र बिक्री गर्ने

0
Shares

नेपाल राष्ट्र बैंकले बैंकले आठ अर्ब बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । बैंकले आइतबार एक सूचनामार्फत यही जेठ १४ गते मङ्गलबार ‘विकास ऋणपत्र २०८२ ग’ बिक्री गर्न लागेको हो ।

बोलकबोलको माध्यमबाट बिक्री गर्न लागिएको सो ऋणपत्रमा बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा नेपाली नागरिकले खरीद गर्न सक्नेछन् ।

ऋणपत्र धितोमा राखी ऋण लिन वा दिनसमेत पाइने केन्द्रीय बैंकले जनाएको छ । ऋणपत्रको ब्याज भुक्तानी अर्धवार्षिक रुपमा हुने र आर्जित ब्याजमा कर लाग्ने देखिएको छ ।

बैंकका अनुसार घटीमा रु पचास हजार र बढीमा कूल बिक्री गर्न लागिएको रकमको सीमामा नबढाई रु पचास हजारले भाग गर्दा निशेष भाग जाने अङ्कमा खरीद गर्न सकिनेछ ।